श्वेताको ‘कान्छी’सँगै अनमोलको ‘कृ’,कसलाई पर्ला त भारी ?

बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी अभिनित ‘कृ’को यस अघि पनि प्रदर्शन मिति तय गरिएको थियो तर चलचित्रको छायाङ्कन नसकिएको कारण प्रदर्शन मिति सारिएको थियो । कृ निर्माता सुवास गिरीका अनुसार माघ २६ गते चलचित्र रिलिज हुने तय भइसकेको छ । उक्त चलचित्रको ट्रेलर यही मङ्सिरको पहिलो साता रिलिज हुने भएको छ । सोही मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’ पनि प्रदर्शनमा आउँदैछ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘कान्छी’को पहिलो गीत पनि सार्वजनिक भइ सकेको छ।

‘कृ’मा अनमोल र आदितीका साथै अनुप विक्रम शाही,सरोज खनाल, रुपा राना, अमित गिरी, लक्ष्मी गिरी, सुदाम सिके लगायतका कलाकारहरुको अभिनय रहेको छ भने ‘कान्छी’मा दयाहाङ राई ,श्वेता खड्का,अशान्त शर्मा,अनु शाह,कामेशोर चौरसिया,प्रज्वल सुजल गिरि, निर शाह आदि कलाकारको अभिनय रहेको छ ।अनमोल र दयाहाङको युवामाझ बेग्लै क्रेज छ ।युवामाझ आफ्नो बेग्लै क्रेज भएका सफल दयाहाङ र अनमोल कसलाई को भारी पर्छन् ,भिडन्त पक्कै रोचक हुने वाला छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...