विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै'”द ह्वाइट जोन” को चौथो सम्मेलन भब्यरुपमा सम्पन्न

नोवेम्बर २३,२०१७ ,सान फ्रान्सिस्को, अमेरिका: नेपाली युवाहरुको अन्तराष्ट्रिय सञ्जाल’ तथा सामाजिक संस्था ‘द ह्वाइट जोन ‘को चौथो सम्मेलनले विराज पौडेलको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै भब्यरुपमा सम्पन्न  भएको छ। नयाँ कार्य समितीमा सुर्य शर्मा  उप सभापति, अमृत कुवर महा- सचिब, झरना श्रीश कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। नयाँ कार्य समितीका डिरेक्टरहरुमा  ग्याल्पो योञ्जन, सुयेश अशिकारी र सचित उप्रेती  निर्वाचित हुनु भएको छ। तेसै गरि द ह्वाइट जोनको  बिधान अनुसार सम्पूर्ण चप्टर सभापतिहरु पनि नयाँ कार्य समितीमा पदेन सदस्य हुनेछन ।
 
को हुन त विराज पौडेल?
घोराही उपमहानगरपालिका दाङ रझेना-१८ मा जन्मिएका विराज पौडेल वाल्यकालदेखिनै समाजसेवामा इच्छा राख्दथे! प्रेरणाको श्रोत आफ्ना वावा-आमालाई दिन्छन! उनको एस. एल. सी. सम्मको जीवन दाङमै बित्यो। आइ. एस. सी. र आइ. टी. इञ्जिनेरिङ्ग उनले काठमाण्डौबाट गरे र केहि वर्ष आइ. टी. सेक्टर नेपालमै काम गरेपछि अमेरिकाको कैलिफोर्नियाबाट उनले आई. टि. विषयमै स्नातकसम्मको पढाइ सम्पन्न गरे!
उनी भन्छन “घरबाट टाढा हुदा नेपालको लागि केहि गर्न असाध्यै इच्छा थियो! यहाको बिकास देख्दा र यहाँका मानिसहरुको सहयोग गर्नुपर्छ भन्ने भावना नियाल्दा पांच/छ जना साथिहरु मिलेर दि व्हाइट जोनलाइ कसरि अगाडी बढाउन सकिञ्छ भनेर लागेका हौं! हाम्रो भिजन क्लिएर थियो विभिन्न देशमा छरिएर रहेका नेपाली युवाहरुलाई एकजूट बनाउने र विषेसगरी नेपालमा वा अन्य मुलुकमा भैपरी आइपरेका समस्या र विपतको घडीमा मलम लगाउन सहयोग गर्ने! हाम्रो जोड पारदर्सिता थियो! विहान-दिउसो कलेज/काम गर्नुपर्थ्यो तर हामि धेरै रात अबेर सम्म बसेर प्लान्निंग गर्थ्यौ!  एकपटक एकजना नेपाली मुलुककै बहिनीलाई वाटो काट्न लाग्दा गाडीले ठक्कर दियो, उनीसंग त्यतिराम्रो इन्सुरेन्स पनि थिएन, हामीले संस्था मार्फत १-२ दिनमै केहि डोनेसन रकम संकलन गरि उनको उपचारकोलागि हस्तान्तरण गरेका थियौ! त्यसरी नै हाम्रो यात्रा सुरु भयो र अहिले यहाँसम्म आइपुग्दा अति नै पारदर्शी र बिस्वासिलो ढंगबाट काम गरिराखेका छौं! अहिले त नशा-नशामा दि व्हाइट जोन छ, नौ वर्ष पुरानो, आकार सानो तर उत्कृस्ट टिम छ। हामी जहिले पनि आफ्नै व्यक्तिगत खर्चमा ट्राभल गर्छौ, अर्गनाइजेसनको होइन र अन्य अनाबस्यक खर्चहरु गर्दै गर्दैनौ र जतिपनि रकम डोनर्सहरूवाट जम्मा हुन्छ लाइभ रिपोर्टिंग गर्छौं, जात र धर्मको वादबिवाद संस्थाभन्दा टाढा राख्छौ र अन्तरआत्मा देखि “मानवता” नै पहिलो धर्म/कर्तव्य हो भन्ने सोंच राख्छौ। त्यसैले पनि हामी अन्य अर्गनाइजेसनहरु भन्दा अलि फरक नै छौ।”
पेशाले पौडेल सिस्टम्स इन्जिनेर साथै आइ. टी. इन्टरप्रीनेर हुन्! हाल अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दछन!
२०१० देखि “दि व्हाइट जोन” केन्द्र को आई. टि. डिरेक्टर र  उप-सभापति भएर काम गरिसकेका उनी अहिले संस्थाको गरिमामय केन्द्रिय सभापति पदमा बिजयी भएका छन ।
 हाम्रो पनि विराज र उनको टिमलाइ धेरै धेरै बधाई र सफल कार्यकालको शुभकामना !!

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...