ललितपुरको भैंसेपाटीमा मेडिसिटि अस्पताल

काठमाडौ, २५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोका लगानीमा ललितपुरको भैसेंपाटीमा नेपालकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ ।
साढे सात सय शैयाको अत्याधुनिक नेपाल मेडसिटी (एनएमसी) अस्पतालको बुधबार गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घलेले गर्नुभयो । नेपालमा एनआरएनको सम्मेलनको अवसर पारेर गरिएको अस्पतालको उद्घाटन कार्यक्रममा एनआरएनका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
अस्पतालमा रेनल साइन्स, कार्डिक साइन्स, न्युरो साइन्स, ग्यास्ट्रो साइन्स, क्यान्सर सेन्टर, अर्थोपेडिकलगायतका सुविधा उपलब्ध हुने बताईएको छ ।
मुटुरोग र क्यान्सर रोगलाई विशेष प्राथमिकता दिइएकाले पनि मेडसिटी अस्पतालले भारतका विभिन्न अस्पतालमा जानबाट नेपालीलाई केही हदसम्म भए पनि रोक्न सकिने अस्पतालले बताएको छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...