यसरी सुरु भएको थियो एकल विवाहको परम्परा

यदि क्रमिक विकासको दृष्टिकोणबाट हेर्ने हो भने जीवनभरका लागि एउटा मात्र पार्टनर हुनु कुनै रोचक आइडिया होइन ।
पुरुषको शुक्राणु भरपुर हुने गर्दछ र चाँडै बन्ने पनि गर्दछ । यस्तो अवस्थामा यदि स्पर्म केवल एक महिलाका लागि हुने हो भने यसबाट अधिकतम फाइला प्राप्त हुन सक्दैन । त्यो यसकारण पनि कि आगामी पिढीलाई जन्म दिने समय निकै लामो हुने गर्दछ।
अलगअलग जीवनसाथी हुनु महिलाहरुका लागि पनि लाभप्रद छ । यदि कुनै महिलाका सन्तान अलगअलग पिताबाट भए भने उनीहरुमा रोगसँग लड्नमा सजिलो हुन्छ ।
यही कारण स्तनपायी र अन्य जन्तुहरुको समूहमा एक स्त्रीसँग विवाह विरलै हुन्छ । मानिसमा पनि यही नियम लागु हुन्छ । कयौ संस्कृतिहरुमा कयौ जीवनसाथी राख्ने र बहुविवाह गर्ने प्रथा कायमै छ ।
एउटा अध्ययनको अनुमानका अनुसार संसारभरको ८३ प्रतिशत संस्कृतिमा बहुविवाहको चलन छ । यसका बावजुद अधिकांश संस्कृतिहरुमा व्यवहारमा एक स्त्री वा पुरुषसँग विवाह गर्ने प्रचलन छ ।
यसको एउटै मात्र कारण यो हो कि मानिसहरु एकभन्दा बढी जीवनसाथीको खर्च बहन गर्न सक्दैनन् । अब प्रश्न उठ्छ कि यदि एक स्त्री वा पुरुषसँग विवाह बेकार हो भने अलगअलग संस्कृतिमा यो चलन किन छ ?
एउटा नयाँ अध्ययनको रिपोर्टले यो विषयको व्याख्या गरेको छ । नेचर न्युज जर्नलमा प्रकाशित एउटा आलेखमा शोधकर्ताहरुको टिमले सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन वा आधिपत्यलाई एक स्त्री वा पुरुषसँग विवाह गर्ने चलन लोकप्रिय भएको कारण बताइएको छ।
दुई हजार वर्ष पहिला जब मानिसहरुले शिकार गर्ने अवस्थाबाट एउटा विशेष जीवनशैलीसम्मको यात्रा तय गरे तब एक स्त्री वा पुरुषसँग विवाह गर्ने चलनले मान्यता पायो।
शोधकर्ताहरुका अनुसार जब मानिस शिकार गर्न क्रममा थिए तब बहुविवाह आम कुरा थियो । र समयसँगसँगै यो प्रथा कमजोर हुँदै गयो । उनीहरुले बताएका छन् कि मानिसहरुले सामाजिक दबावका कारण आफ्नो जीवन शैली परिवर्तन गरे ।
यो शोधपत्रका प्रथम लेखक क्रिस बाभरले लेखेका छन्–उदाहरणका रुपमा अपराधबाट बच्नका लागि हामीले प्रहरी विभाग गठन ग¥यो।
उनले भने–हामीले अतीतमा बहुविवाहको प्रथा खुब देख्यौ तर यो कृषि समाजको सुरुवाती चरण थियो। पछि एक स्त्रीसँग विवाहको प्रथा बढ्दै गयो ।
शोधमा भनिएको छ, जब मानिस शिकार युगको अवस्थामा थियो तब यौन संक्रमणको कुनै खतरा थिएन । यदि कोही यौन रोगबाट पीडित तब यसले संक्रमणको रुप लिँदैन थियो। एउटा समयसँगै यसको असर आफै अन्त्य हुन्थ्यो ।
अध्ययनका अनुसार यस्ता निकै कम मानिस थिए जो यौन रोगको चपेटामा आउँथे । जब कृषि व्यवसाय बढ्दै गयो तब यौन संक्रमणको दायरा पनि बढ्यो ।
यसको दायरा यति व्यापक भयो कि महामारीको रुप लियो । यही कारण थियो कि मानिसहले एकभन्दा बढी महिलासँग विवाहको चलन छोड्न थाले ।
यद्यपि अहिलेकै मितिमा सेक्सुअली ट्रान्समिटेड डिजिजको उपचार पनि सम्भव छ, जबकि अतीतमा यो विनाशकारी थियो । अतीतमा मेडिकल साइन्सको दायरा यति विकसित थिएन कि यौन रोगको उपचार गर्न सकियोस् ।
त्यसैले त्यसबेला मानिसमा कयौ प्रकारका इन्फेक्सनको सामना गर्नु पर्दथ्यो । अर्को कारण एकल विवाह सन्तान हुर्काउन पनि सजिलो थियो । यसमा सन्तानको पालन पोषण सही ढंगले गर्न सकिन्थ्यो । एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...