मोजाबिना जुत्ता लगाउँदा यस्ता समस्या आउँछन्, बच्ने उपायसहित

मोजाबिना जुत्ता लगाउँदा खुट्टामा गन्धन आउने खतरा मात्र रहँदैन, कलेज अफ पोडियाट्रीका अनुसार एउटा नयाँ यो नयाँ फेशन ट्रेन्डबाट औलाका कापहरुमा इन्फेक्सनको खतरासमेत बढ्ने गर्दछ ।
खुट्टाको उपचार गर्ने विशेषज्ञ एम्मा स्टीफन्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा मोजा बिनाको र खराब फिटिङको जुत्ता लगाएका कारण कयौ रोगका खतरा बढ्ने गर्दछ । रेड कार्पेटका चर्चित हस्तीहरु अक्सर खाली खुट्टा मोजाबिना जुत्ता लगाएको अवस्थामा देखिने गर्दछन् । गायक सैम स्मिथ अक्सर मोजाबिना जुत्ता लगाएको अवस्थामा तस्वीरमा देखिने गर्दछन्।
फेशन पत्रिकाहरु र क्याटवाकमा मोडल र ट्रेनर पनि मोजा बिना जुत्ता लगाएर मोडलिङ गरिरहेको देखिन्छन् । टिन्नी टेम्पफा चर्चित मोडल हुन्, उनले कयौ पुरस्कार जितेकी छन् । उनी समान्यतः लण्डन फेशन विकको अग्रपंक्तिमा यही स्टाइलमा देखिने गर्दछिन् ।
कयौ संगीतकार अक्सर मोजाबिनाको जुत्तामा देखा पर्ने गर्दछन् । तर के स्वास्थ्यमा यसको सम्भावित असरबारे तपाईलाई थाहा छ ?
एम्मा स्टीफन्सनले बीबीसी न्युजसँग भनिन्–आमरुपमा एक दिनमा खुट्टाबाट ३०० मिलिमिटर पसिना निस्कने गर्दछ । एम्माका अनुसार खुट्टामा बढी पसिनाको परिणाम निकै नराम्रो हुन सक्छ ।


एम्मा भन्छिन्–मैले जुन सबैभन्दा नराम्रो घटना देखेकी छु, त्यो एक जना १९ वर्षका युवकमा भएको थियो । उ कार धुने काम गर्दथ्यो । उसको खुट्टा सधैं पसिनाले भिजेको हुन्थ्यो ।
यूएफसी च्याम्पियन कानर मैकग्रेगारजस्ता ठुला बक्सरलाई यो बताउनका लागि निकै साहस आवश्यक हुन्छ कि उनीहरुको खुट्टाका औलामा इन्फेक्सनको खतरा रहन्छ, जब उनीहरु काममा हुँदैनन् ।
तर, यसका बावजुद तपाई मोजा बिना जुत्ताको स्टाइलमा कतै जान चाहनु हुन्छ भने यो तीन कुरा अवश्यक ध्यान राख्ने गर्नुस् ।
–सबै कुरा नियन्त्रणमा होस । कोशिस गर्नुस कि कमभन्दा कम समयका लाग तपाई मोजाबिनाको जुत्ता लगाउनुस ।
–जुत्ता लगाउनुअघि आफ्नो खुट्टामुनि एन्टीपर्सिपरेन्ट स्प्रे गर्नुस ।
–र, यसका बावजुद कतै पनि जहिलेसुकै मुट्टामा दुखाईको समस्या आए तत्काल चिकित्सकको सल्लाह लिने गर्नुस । एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...