प्रोमोशन बिनै सुपरहिट हुने छ प्रतिक्षीत चलचित्र ‘रुद्रप्रिया’

बहु प्रतिक्षीत चलचित्र रुद्रप्रिया रिलिज हुंन दुई साता पनि कम छ ।रेखा थापा र आर्यन सिक्देलको मुख्य भूमिका रहेकोयो चलचित्र ’ कार्तिक २ गते प्रर्दशन हुँदैछ। तर रेखाले चलचित्र प्रोमोशन गर्न पहिले जस्तो उत्साह देखाएकी छैनन । प्रोमोशन नभएपनि दर्शकहरु रुद्रप्रिया हेर्न एकदमै आतुर भएका छन् ।उनिहरुको भनाइ छ ,” राम्रो चलचित्र प्रमोशन बिनै चल्छ।” रुद्रप्रियाको गीतहरु पनि दर्शकले एकदमै मनपराएका छन् । जान्नुहोस् ‘रुद्रप्रिया’ सुपरहिट हुने केहि कारणहरु :

आठबर्ष पछि पर्दामा देखिन लागेको रेखा र आर्यन जोडी

Image may contain: 2 people, people smiling, people standingरेखा थापा र आर्यन सिग्देलको जोडी दर्शकले रुचाएको जोडी हो । ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जस्ता फिल्ममा रेखा र आर्यनको जोडीलाई दर्शकले रुचाए । दर्शकले रुचाएको यो जोडी झण्डै आठ वर्षपछि रुद्रप्रिया मार्फत फर्किएको छ । रेखा र आर्यनकै कारण ‘रुद्रप्रिया’ चल्ने चलचित्रकर्मीहरुले अनुमान लगाएका छन् ।

नयाँ निर्देशक

‘रुद्रप्रिया’का निर्देशक सुदीपबबी भूपाल सिंह रेखा फिल्मसका लागि नयाँ हुन् । यसअघि ‘माला’ फिल्म निर्देशन गरेका बबीले ‘रुद्रप्रिया’ कस्तो बनाए होला त रु यो पनि कौतुहलताको विषय बनेको छ । रेखा फिल्मस बनाउने फिल्ममा प्रयाः फिल्ममा निर्देशक एकै हुन्थे ।

रेखा रुप
प्रत्येक फिल्ममा नायिका रेखा थापाको नयाँ(नयाँ रुपको चर्चा हुने गर्छ । यस्तै, ‘रुद्रप्रिया’मा पनि रेखाको रुपको पनि चर्चा छ । पोस्टरमा आधा मुहार ढाकेकी रुद्रप्रिया प्रति कौतुहलता छ कि, उनको आधा मुहार किन ढाकियो रु यो सँगै रेखाको भूमिकाप्रति पनि दर्शकहरुको चासो बढ्दै गएको छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...