द्रुतमार्ग निर्माण अध्ययन गर्न निर्देशक समिति गठन

काठमाडौ, २७ असोज । सरकारले काठमाडौ निजगढ दु्रत मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन अध्ययन गरि मुल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयन गर्न गठित निर्देशक समितिलाई दिएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले इनफास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आई एल ए एफ एस)ले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरि मुल्य सिफारिस गर्ने जिम्मा आयोजना कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई दिएको हो ।
बैठकले आई एल ए एफ एसले तयार पारेको पारेको विस्तृत योजना प्रतिवेदन अध्ययन गरी सो कम्पनीसंग आवश्यक वार्ता गरि प्रतिवेदनको उपयोगिताको आधारमा मुल्य सिफारिस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले काठमाण्डौ निजगढ दु्रत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । सेना मार्फत सो आयोजना निर्माणका लागि भारतीय कम्पनी इनफास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आई एल ए एफ एस)को प्रस्ताव आएको हो । यो आयोजना चार बर्ष भित्र सम्पन्न गरिसक्नुपर्ने राष्ट्रिय गौरवको आयोजना हो । ६ महिना सम्म पनि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुन सकेको छैन ।

 

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...