‘छक्का–पञ्जा २’ ले एक सातामै गर्यो ८ करोडको व्यापार ,दोश्रो सातामा प्रवेश

निर्देशक दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का–पञ्जा २’ सफलताको साथ दोस्रो सातामा प्रवेश गरेको छ । गत साता बुधवार, फुलपातीको दिन प्रदर्शनमा आएको चलचित्रले ओपनिङसँगै पहिलो साता बम्पर सुरुवात गरेको हो ।चलचित्र ‘छक्का–पञ्जा २’ ले आफ्नै चलचित्रको रेकर्ड तोडेको छ । पहिलो साता करिब ८ करोडको हाराहारीमा कलेक्सन गरेको खुलासा भएको छ ।चलचित्रमा दिपकराज गिरी, प्रिंयका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दीपक–दिपाश्रीले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...