एनआरएन अध्यक्षमा घले र भट्टले आफूलाई सहयोग गर्ने कार्कीको दावी (भिडियोसहित)

काठमाडौ । गैर–आवासीय नेपाली संघका सल्लाहकार टि.बि. कार्कीले संघको नयाँ नेतृत्वको लागि अध्यक्षका उम्मेदववारद्धय जमुना गुरुङ र भवन भट्टले अन्तिममा आएर आफुलाई समर्थन गर्ने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्षका उम्मेदवार कार्कीले दुवै उम्मेदवारले आफुलाई समर्थन गर्ने दाबी गर्नुभएको हो । कार्कीले संघलाई व्यक्तिगत र राजनीतिक दुवै समस्याबाट विभाजित हुनबाट जोगाउनका लागि आफ्नो नेतृत्वको खाँचो रहेको बताउनुभएको हो ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने हुँदै हालका अध्यक्ष शेष घलेको नेतृत्वसम्म आईपुग्दा आफू प्रत्यक्ष संलग्न रहँदै आएको भन्दै कार्कीले भावी नेतृत्व संघका सम्पूर्ण प्रतिनिधिहरुले आफुलाई सुम्पिने विश्वास दिलाउनुभयो ।
उहाँले संघमा अग्रजलाई सम्मान र भावी पुस्तालाई मार्ग निर्देशन दिने नेतृत्व आजको आवश्यकता भएको बताउँदै त्यसको लागि योग्य उम्मेदवार भएको दाबी गर्नुभयो ।

 

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...