यौन सम्पर्कका क्रममा हृदयघात भए पुरुषको मृत्यु बढी, कारण यस्तो छ

एउटा नयाँ शोधका अनुसार यौन सम्पर्कका क्रममा हृदयघात भएको खण्डमा पुरुषका लागि मृत्युको सम्भावना चार गुना बढ्ने गर्दछ । यसको कारण हो, यसप्रकारको आपतकालीन अवस्थामा पनि नग्न महिला साथीलाई सहयोग माग्न लज्जाबोध हुने गर्दछ । जसका कारण पुरुषको मृत्युको खतरा बढी हुने गर्दछ ।
शोधकर्ताहरुका अनुसार लभमेकिङका क्रममा हृदयघात भएका ८ पीडितमध्ये मात्र एक जनाको ज्यान बचेको पाइयो । जबकि यसमध्ये आधा पीडितलाई अस्पताल भर्ना गरिए पनि उनीहरुलाई ठिक हुन निकै लामो समय लाग्यो ।
पेरिसकिो युरोपियन जार्ज्स पम्पिडो अस्पतालका डाक्टर अरदलन शरीफजादेनगनले गरेको अध्ययनमा यो खुलासा भएको हो । आफ्नो यो अध्ययनका क्रममा डाक्टर अरदलनले ३ हजारभन्दा बढी व्यक्तिको रेकर्ड अध्ययन गरेका थिए, जसलाई कार्डियक अरेस्ट भएको थियो । यसमध्ये २४६ जना शारीरिक गतिविधिहरुमा संलग्न थिए, जब उनीहरु हृदयघातको शिकार बने, जबकि १७ जनालाई यौन सम्पर्ककै क्रममा हृदयघात भएको थियो ।
एक मिनेटको ढिलाई, मृत्युको खतरा १० प्रतिशत बढी
शोधकर्ताहरुले यदि यौन सम्पर्कका क्रममा कसैलाई हृदयघात भएको खण्डमा उसको मृत्युको आशंका बढ्ने गर्दछ । किनभने उनकी पार्टनरलाई आपतकालीन सेवा बोलाउन निकै समय लाग्न सक्छ । जसका कारण उपचारमा ढिलाई हुन्छ । यसप्रकारको परिस्थितिमा १ मिनेटको ढिलाई पनि पीडितको जीवित रहने सम्भावनालाई १० प्रतिशतभन्दा बढी कम गरिदिने गर्दछ । डाक्टर अरदलन भन्छन्–यदि यौन सम्पर्कका क्रममा कसैलाई हृदयघात भएको अवस्थामा पार्टनरलाई शाँक्ड हुन्छ, उनले बुझ्नै पाउँदिनन् कि अब के गर्ने र कस्तो रिएक्ट गर्ने ? श्रीमान श्रीमती दुवै निःवस्त्र छन्, छिमेकीलाई बोलाउन पनि उनलाई डर लाग्छ । यस्तो परिस्थितिमा उनलाई निकै लज्जाबोध महशुस हुने गर्दछ, जसका कारण सहयोग प्राप्त गर्न ढिला हुन्छ ।
डाक्टर अरदलनले अगाडि भने–यसप्रकारको आपतकालीन परिस्थितिमा यदि तपाई कोठामा एक्लो हुनुहुन्न, अन्य व्यक्ति पनि उपस्थित छ भने तपाईले सहयोग पाउनु हुनेछ, पीडितलाई पीपीआर दिएर ज्यान बचाउन पनि सकिन्छ । तर, धेरैजसो अवस्थामा कोठामा उपस्थित व्यक्रि यो सबै देखेर पनि केही गर्दैनन् । यसलाई या त थाहा हुँदैन वा पीडित व्यक्तिलाई कसरी सहयोग गर्ने हो थाहा हुँदैन वा डराउँछन् । कतै पीडितलाई चोट पो लाग्न हो कि भन्ने त्रास रहन्छ ।
मुटुसँग सम्बन्धित रोगका कारण संसारमा हरेक वर्ष लाखौ मर्ने गर्दछन्। यसका वाबजुद मेडिकल एक्सपर्टस भन्छन् कि मुटु रोगीहरु सेक्सदेखि टाढा रहनु पर्दैन । ब्रिटिक हर्ट फाउन्डेशनको सुझाव छ कि जसलाई हृदयघात हुन्छ वा जसले हर्ट सर्जरी गरेका छन्, उनीहरुले केही सातामै यौन गतिविधि सुरु गरे हुन्छ । यद्यपि यसप्रकारका व्यक्तिले यौन सम्पर्कअघि बढी मदिरा र भाजन सेवन गर्नु हुन्न । साथै यस्ता व्यक्तिसँग यौन सम्पर्कका क्रममा स्वस्थ पार्टनर बढी सक्रिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...