मुटु रोगबाट बच्नु छ भने यो लेख अवश्य पढ्नुस

एउटा शोधका अनुसार ५० वर्षको उमेरका १० प्रतिशत मानिसको मुटुको उमेर दश वर्ष अघि हुँदै गएको छ, जसका कारण घातक हृदयघातको खतरा बढेको छ।
‘द पब्लिक हेल्थ इङ्ग्ल्याण्ड’ को ‘हर्ट एज टेस्ट’ का लागि १२ लाख जनासँग प्रतिक्रिया लिइएको थियो । यसमा ३३ हजार पुरुष ५० वर्षका थिए । शोधको यो नतिजा त्यसैमा आधारित छ।
संस्थाका अनुसार मात्र यो महिनामै इङ्ग्ल्याण्डमा ७४०० जनाको मृत्यु मुटुसँग सम्बन्धित रोगका कारण हुनेछ । मुटुसँग सम्बन्धित रोग पुरुषको मृत्यु सबैभन्दा ठुलो कारण बनेको छ जबकि महिलाहरुमा यो दोस्रो सबैभन्दा ठुलो कारण बन्ने गरेको छ।
यसमध्ये अधिकांश मृत्यु रोक्न सकिन्छ । मुटुको रोगका कारण मर्नेहरु एक चौथाई ७५ वर्षभन्दा कम उमेरका छन् ।
पीएचईका हृदयरोग मामिलाका प्रमुख जैमी वाटरआल भन्छन्–मुटुरोग र हृदयघातको खतराको सामना गर्न बढ्यौलीमा छोड्नु हुन्न ।

स्वास्थ्य सुधारका तरिका
धुममान छाडिदिनुस्
सक्रिय रहनुस्
तौलमा नियन्त्रण राख्नुस्
बढी फाइबर खाने गर्नुस्
सुषुप्त बोसो कम गर्नुस्
दिनमा पाँच सब्जा वा फलफुल खानुस्
नुनको खपत कम गर्नुस्
माछा खाने गर्नुस्
मदिरा कम पिउनुस्

पीएचईका अनुसार सर्भेमा सहभागी आधाभन्दा बढी व्यक्तिलाई ब्लड सुगरका बारेमा कुनै जानकारी नै थिएन । इङ्ग्ल्याण्डमा रहेका ५६ लाख व्यक्तिको ब्लड सुगर उच्च छ । तर, उनीहरुलाई यसबारेमा जानकारी नै छैन ।
ब्रिटिश हर्ट फाउन्डेशनका डाक्टर माइक नैपटनले यसलाई चिन्ताको विषय बताए। उनले भने–यदि उपचार गरिएन भने यो मौन परिस्थिति खतरनाक हृदयघातसम्म पुग्न सक्छ ।
ब्लड सुगर युकेसँग सम्बन्धित कैथरिन जेनर भन्छिन्–ब्लड सुगर जाँच गराउनु जीवनलाई लामो दिशामा लैजाने पहिलो कदम बन्न सक्दछ। एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...