एनआरएन एनसीसी कतारको नवनिर्वाचित कार्यसमितिबाट सपथ

दोहा कतारमा भर्खरै सम्पन्न एन आर एन एन सि सि कतारको निर्बाचन पाश्चात निर्बाचित कार्यसमितीका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ्रतथा हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा बिभिन्न ब्याक्तीत्वहरुबाट मन्तब्य तथा शुभकामना समेत ब्यक्त भए ।। कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा स्थापना कालका अभियन्ताहरुले आफ्नाृ निरासाहरु पनि ब्यक्त गरे।
सपथग्रहण गराउँदै निर्बाचनन कमिटीका सँञ्योजक कमलमणि गुरागाँईले सपथ शब्दमा नभई ब्याबहारमा लागु गर्न अनुरोध समेत गरेका थिए ।
उक्त कार्यक्रममा उपस्थीत बिभिन्न ब्याक्तीत्वहरुले मन्तब्य तथा शुभकामना ब्यक्त गरेका थिए ।
शँरक्षक देबकाजि डँगोलले प्यानलबाजि गरेको कुराहरुमा दुखेसो पोखे।
पुर्ब आईसिसी उपाध्यक्ष टिबी कार्कीले पुबाग्रही भाबनाले उत्प्रेरीत भएर निबर्तमान कार्यसमितीले काम गरेको औँल्याए भने बर्तमान कार्यसमितीले त्यस्तो गल्ति गर्ने छैन भन्दै शुभ कामना दिए ।समाजसेवी तथा सामाजिक अगुवा सागर नेपालले दोहा कतारमा रहेर समाजसेवी हुँ भन्नेहरुले अबका दिनमा सचेत रहन र समाजको हितका लागी बास्तबमै योगदान गर्ने हो र गरेको हो भने मात्रै समाजसेवीको बिल्ला भिर्नु पर्ने भन्दै अबका दिनहरुमा आफुले समाजमा खबरदारी गर्ने उल्लेख गरे । स्पष्ट बक्ता नेपालले आफुले खादा ओडिरहँदा त्यस्को न्याय कत्तिको गरेको छु मुल्याङकन समेत गर्नुपर्ने औल्याय । उन्ले उध्यस्य बिनाको सँस्था र नैतिकता बिनाको समाजसेवी हुनुभन्दा नभएको उत्तम भन्दै नबनिर्बाचित कार्यसमितीलाई शुभकामना र सुझाबहरु दिए ।त्यस्तै पुर्ब आई सि सि सदस्य तथा ब्याबसायी उमेस अधिकारीले
आफ्नो भाबना र चाहना अनुरुप काम भएन भन्दैमा समग्र सँस्था या समाजलाई दोश दिन नहुने भन्दै यदि आफु योगदान दिन सकिदैन भने वा योगदान गर्न नसक्नेलाई आदर भाब राखिराख्नु जरुरी नहुने बताए ।
एक आपसमा बाझिएको अभिब्यक्ती र शुभकामना मिश्रीत मन्तब्यहरुका बिच निर्बाचन कमिटी सञ्योजक कमलमणि गुरागाँईले समाजका दुबै खराब र असल पाटाहरु बारे ब्याख्या गरे ।
कार्यक्रममा सामाजिक अभियन्ता ब्याबसायी बद्रि पाण्डेले समाजमा अबका दिनमा रचनात्मक कार्य गरेर अगाडी बढ्न सुझाब दिए ।
त्यस्तै ब्याबसायि तथा आई सि सि सदस्य राजेन्द्र कुमार शर्माले समाजमा केहि योगदान गर्नु पर्ने भन्दै नयाँ कमिटीलाई सुझाब र शुभकामना दिए ।
निबर्तमान अध्यक्ष बिनेश तामामान अध्यक्ष बिनेश तामाङको सभापत्तिवमा आयोजित उक्त कार्यक्रमलाई निबर्तमान कार्यबाहक महासचिब तेज कटुवालले सँञ्चालन गरेका थिए ।
कार्यक्रममा निबर्तमान कार्यसमितले आफ्नो सम्पुर्ण फाईल कागजात तथा बिरण हरहिसाब सोहि कार्यक्रममा हस्तान्तरण गरेको थियो ।
बर्तमान अध्यक्ष नबिन पोखरेलले आफ्नो प्रतिबद्दता मन्तब्य ब्यक्त गर्दै आगामी कार्यकालमा सबैलाई समेटेर अगाडी बड्ने बताउँदै केहि कमि कमजोरी भएमा समाजिक सँञ्जालमा खनिनु भन्दा सिधा सम्पर्क गरेर आफ्ना भनाई राख्न आग्रह समेत गरे।
कार्यक्रमलाई समापन गर्दै सभापतिको आसनबाट निबर्तमान अध्यक्ष् बिनेश तामाङले आफ्नो कार्यकालमा गरिएका अनुसरण युक्त कार्यहरुलाई निरन्तरता दिँदै अगाडी बड्न सुभाब दिए ।
गैरआबासिय नेपाली सँघ बिशुद्द सामाजिक सँस्था हुँदाहुदै पनि यस्का धेरै जसो राष्ट्रिय समन्वय परिषदहरु बिबादीत प्राय रहने गरेका छन।
कर्म गर्ने सिलसिलामा कमि कमजोरीहरु औँल्याउँदै भाबि कार्यनितिमा सकारात्मक परिबर्तन र परिमार्जन गर्दै बहुजन हितायको मर्म बोकेर सामाजिक कार्यमा होमिने हो भने यि बिबाद अपबादका रुपमा मात्रै सुन्न देख्न पाईएला ।
कतारको हकमा यहाँ स्थित आम नेपालीहरुलाई कतिलाई एन आर एन के हो भन्ने नै थाह छैन त कतिलाई फुर्सद वा वास्ता नै छैन । समाज परिबर्तनको धार समातेर एकथरी अभियान्ताहरु अबिछिन्न अघि बढिरहेका छन भने अर्को थरी फरक धारमा ।एन आर एनको बिशुद्द सामाजिक अभियानमा आम गैर आबासिय नेपालीहरुको पहुँच र उपस्थीती हुने हो भने पक्कै यस्को उध्यस्य चरितार्थ हुनेथियो ।
एम पि पोखरेल महेन्द्र दोहा कतार

 

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...