११ लाख लिएर अर्कैसँग टाप कसेकी अ्बिका पौडेलका श्रीमान भन्छन : उनी दुनियाकै सबैभन्दा बेइमान नारी हुन”

दुबैको जबेलअली  क्याम्पको एक होटलमा बैरागीएर बसेका  एक नेपालीलाई देखेपछी अर्को नेपालीले सोधखोज गर्नु जिम्मेवारी पनि थियो त्यो पनि प्रदेशमा ।  नाम : हिमाल गौतम, घर : पाचथर, याहा दुबैमा आएको ५ महिना भयो  अनौपचारिक परिचय सगै पङ्क्तीकारसगको कुराकानीमा उन्ले सुरुमा त आफ्नो  पीडा उनैले रचना गरेको एउटा कबिताबाट सुरुवात गरे ।

साउनको झरी जस्तै उर्लिएका इच्छा मेरा
उराठलाग्दो मरुभुमी अपर्झट सिर्जिगयो 
पिरतीको सागरमा छालहरु उर्लेपछी 
जिन्दगीको डुङ्गा आफै पानीमुनी पल्टी गयो”

तस्बिरमा बायाबाट छोरा गौरब गौतम, हिमाल गौतम र उन्की श्रीमति अम्बिका पौडेल ।

पाचथर फिदिमका हिमाल गौतमले आफैले कबितामा कोरेजस्तो जिन्दगीले नसोचेको मोड लिन्छ भन्ने कहिल्यै सोचेका थिएनन ।

बिबाह गरेको ३ बर्षपछी पारिवारिक सपना साकार बनाउन मलेसिया हान्नीएका गौतम ४ बर्षपछी घर फर्कदा पनि उहीँ पारिवारिक माया पाए ।  अझ बढी त उन्ले सुरुवाती दिनमा आफ्नी श्रीमति अम्बिका पौड्यालबाट न्यानो मायाको महसुस गरे , बिस्वास अझ धेरै बढ्यो, श्रीमतीमाथी झन दया, माया जागेर गयो ।

मलेसियामा रहदा नै उन्ले आफ्नी श्रीमतीबाट सबैभन्दा बढी त बिस्वास आर्जन गरे त्यसैले त उन्ले फिदिममा नै अम्बिकाकै नाममा घडेरी समेत खरिद गरे । आफुले कमाएको सबै पैसाको जिम्मेवारी समेत उनैलाइ सुम्पेपछी सुख र खुसीको पनि उनैले शृष्टी गर्नेमा गौतम ढुक्क बन्दै गए ।

तस्बिरमा गौतमकी श्रीमति र कपिलबस्तुका उन्को केटा साथी ।

तर मलेसियाबाट ४ बर्षपछी घर फर्किएको एक  महिना पनि नबित्दै गौतमलाई आफ्नी श्रीमतीमा फरक व्यवहार महसुस हुन थाल्यो । मायामा खटपट मात्र भएन, झगडा समेत उत्पन्न भएपछी उनीमाथीको बिस्वास नै कमजोर बन्दै गयो ।

४ बर्षको अबधीमा गौतमले आफ्नी श्रीमतीलाइ पठाएको पैसाको जवाफ माग्दा समेत  हिसाब दिन नसकेपछी आफुले उनीमाथी गरेको भरोसामाथी संका उत्पन्न हुँदै गयो ।

नभन्दै त्यस्को एक महिनामा आफ्नै आखाअगाडी उन्की श्रीमति अरुसग नै टाप  कसेपछी बिस्वास मात्र भताभुङ्ग भएन सपना र भबिष्य नै अपहरणमा पर्‍यो । त्यसपछी सुरु भयो गौतमको जिन्दगीको नया काहानी ।

“मैले कहिल्यै सोचिन मेरो श्रीमतीले अरुकै जति नै दुख गर्नुपर्छ, मैले कहिल्यै सोचिन मेरो श्रीमतीले नभाको बेला अभाबमा नी बाच्नुपर्छ । मैले दिनरात मेरा पाखुरीहरु श्रीमतीको खुसिकै लागि बजारे, जस्तोसुकै सुख, दुख आरोह-अबोरहलाई पनि हासी-हासी ग्रहण गरे जहाँ मलाइ मेरो श्रीमति र पारिवारिक मायाले हौसला प्रदान गर्थ्यो  ” उन्ले भने ।

एम.एड पढ्दा पढ्दै छाडेका गौतमले धेरै  सपना अधुरा रहेतापनी बिबाह गरेपछी पूरा भएको महसुस गरेका थिए । उन्ले भने :” बिबाह गरेपछी मेरा सबै सपना कसरी पारिवारलाइ सुख दिन सकिन्छ भन्ने तिर नै ध्यानाकर्षीत भए । मलेसियामा कमाएको सबै पैसा श्रीमतीलाइ नै पठाएको थिए  । करिब मेरो हिसाबमा ११ लाख लगभग उसैको नाममा पठाए अनि उतै हुदा अलिकती फिदिममा घडेरी पनि जोडे त्यो पनि उसैकै नाममा । तर ४ बर्षसम्म मैले गरेको मेहेनत र पसिना अनि उनिहरुप्रती सजाएको मेरो सपना भताभुङ्ग बनाउदै एक्कासी अर्कैसग हिडेपछी म छागाबाट खसेजस्तै भए ।”

गौतमको पाचथरको घर

गौतमलाई आफ्नी श्रीमति मात्र यो दुनियाकै सबैभन्दा ठूलो  बिस्वासघाती हो भन्ने लाग्छ । उनी भन्छन :” मेरो एउटा छोरा पनि छ, सानो दुधे बालकलाइ समेत बेवास्ता गरेर हिड्ने उनीभन्दा ठूलो बिस्वासघाती को नै हुनसक्ला र ? मेरो माया त लागेन लागेन आफैले जन्म दिएको छोरालाइ समेत छोड्न सक्ने उनीजस्ताको उदाहरण सन्सारमा कम नै हुन्छ होला सायत ।”

घरबाट एक्कासी भागेकी आफ्नी श्रीमति कपिलबस्तुका एकजना युबकसग गएको थाहा पाएपछी पनि गौतम युबकलाइ पटक्कै दोषी देख्दैनन बरु उस्लाइ पनि आफुलाइ जस्तै बिस्वास र मायाजालमा फसाएर धोक्का  दिनेमा  बिस्वस्त छन । याहा धोक्का दिनेहरु जोकोही भएतापनी पर्दाफास गर्नु पर्छ चाहे त्यो जोसुकै किन नहोस । अली आक्रोश पोख्दै उन्ले भने ” धोकेबादहरु सबैभन्दा बेइमान हुन, हुन त याहा आफ्नै श्रीमतीको बिषयमा दुख पोख्दा सकारात्मक, नकारात्मक टिकाटीपणी गर्नेहरु धेरै हुन्छन होला तर तपाइलाइ भेटे मेरो बेइमान श्रीमतीको बिषयमा जसरी नी छपिदिनुस है ।”

मलेसियामा कमाएको पैसाले गौतम आर्थिक सम्स्या साबधान भएकोमा निक्कै खुसी भए । हुन पनि बिगतका जस्तो आर्थीक सङ्कट गौतमले मलेसिया गएपछी त्यति धेरै भोग्न पनि परेन । बिगतको सम्झना गर्दै गौतमले भने :”साचिक्कै मेरो आर्थिक स्थिती केही मजबुत भएकोमा मैले धेरै योजना पनि बनाए । मेरो योजना पनि मेरो स्वार्थका लागी कहिल्यै सोचिन । जम्मा भएको पैसाले नेपालमा गएर कुनै ब्यबसाय गर्ने, अनि आफ्नी अम्बिकासग कहिल्यै टाढा भएर नबस्ने भित्र-भित्रै योजना बनाए ।”
तर गौतमको योजना भताभुङ्ग मात्र भएन । जिन्दगीले नै नया मोड लिएको उन्ले अनुभव गर्न थाले । आफ्नी श्रीमतीको कारणले गौतम पुरानै सम्स्यामा फेरि गुज्रीए जुनबेला आर्थीक अभाबले कष्टकर जीवन बिताउनु परेको थियो ।

फिदिममा आफ्नी श्रीमतिको नाममा पास  गरेको अहिले करिब ३० लाख जति पर्ने  जग्गा गौतमले सदरमुकाम पुगेर मालपोतमा रोक्का त गरे तर कुनै पनि बेला उक्त जग्गा हिनामिना हुने  डर कायम नै रहेको उनी बताउछन  ।

योजना र सपनाहरु किनै पनि बेला भताभुङ्ग हुने अनुभुत गरेका हिमाल गौतमले आगामी दिनमा अगाडी बढ्न नया पाठ सिकेको बताउदै उन्ले भने :”महिला मात्र थिचोमिचोमा परेका छन भन्ने धारणालाइ परिबर्तन गर्नु पर्छ । याहा महिलामात्र हैनन धेरै पुरुष समेत अन्यायमा परेका छन । के महिलाले चै गलत नै गर्दैनन र ?”

महिलाहरुकै कारण पुरुषहरु अन्यायमा परेतापनी उनिहरु सधै निर्धो र कमजोर नै हुन्छन भन्ने नेपाली समाजको धारण कायम नै रहेको हुनाले धेरै पुरुषहरु अन्यायमा परिरहेको गौतमको ठम्याइ छ । उनी महिलाहरु सधै इमान्दार हुनेप्रती असहमती जनाउदै भन्छन :” महिलाहरुलाई मात्र नेपाली समाजको इमान्दारको दर्जा दिने हो भने सम्स्याहरु अझ धेरै बढ्ने देखिन्छ । पुरुष आफू अन्यायमा परेतापनी हत्तपत्त नभन्ने व्यबहारले गर्दा धेरै पुरुषले आफुमाथी भएको घरेलु हिंसा लुकाइने गरिएको हो । मैले चै तपाइलाइ म प्रती भएको अन्याय बताए ।”

अन्त्यमा उन्ले सबै पुरुषहरुलाइ एउटा सन्देश पनि दिए :” सबै पुरुष साथीहरुलाइ मेरो अनुरोध कसैलाइ पनि आबस्यक्ता भन्दा बढी बिस्वास नगर्नुस ।”

विशाल बस्नेत

1 Comment for “११ लाख लिएर अर्कैसँग टाप कसेकी अ्बिका पौडेलका श्रीमान भन्छन : उनी दुनियाकै सबैभन्दा बेइमान नारी हुन””

  1. प्रेम प्रसाद रिजाल

    धैर्य गर्नुहोस्, खुट्टा भए जुत्ता जति पनि पाइन्छ।
    कामना गरौं जुन घटना तपाईं माथी घट्यो त्यही घटना उनि माथी घटोस।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...