रेणु दाहाललार्इ तल्लो स्तरको गाली दिने को हुन निरभ ज्ञवालीपछि निरज श्रेष्ठ ?

सामाजिक संजालमा रेणु दहालमाथी अत्यन्त तल्लो स्तरको गाली दिने निरज श्रेष्ठलाई कारबाहीको लागी माग गरिएको छ।
उन्ले लेखेको स्टाटसलाइ भाइरल बनाउदै नेपाली फेसबुक प्रयोगकर्ताहरुले कडा कारबाही गर्नु पर्ने माग आफ्नो फेसबुकबाट नै ब्यक्त गरेका छन ।
चितवनको भरतपुर महानगरपालिकाबाट रेणु दाहाल निर्बाचीत भएलगत्तै सोलुखुम्बु नेचासल्यान गाउपालिकाका श्रेष्ठले समाचारको कमेन्ट बक्समा अत्यन्त तल्लो स्तरको गाली दिएका थिए ।
उन्ले लेखेको तल्लो स्तरको गालीले ब्यक्तीगत मानहानी मात्र हैन समग्र महिलाहरुको अस्मितामाथी नै प्रहार गरिएको बताउदै महिला अधिकारकर्मीहरुले समेत आपत्ति जनाएका छन ।


नेकपा माओबादी केन्द्रकी नेतृ तथा रामेछाप क्षेत्र न.१ कि पुर्ब सभासद लक्ष्मी गुरुङले  सबै महिलाहरुलाइ आफ्ना दिदी, बहिनी, आमाकै कोटीमा राख्नु पर्ने बताउदै बिबेक गुमाउन नहुने बताइन ।
हाल श्रेष्ठ मलेसियामा बैदेशिक रोजगारमा रहेको पनि बताइएको छ ।
त्यस्तै केही समय अगाडी रेणु दहालमाथी नै गाली गर्ने निरभ ज्ञवाली नेकपा एमालेको दबाबमा छुटेको घटनालाइ समेत जोड्दै कानुन सबैकालागी बराबरी हुनु पर्नेमा समेत बहसको बिषय बन्दै आएको छ ।
उस्तै प्रकितीको घटनामा १ महिना अगाडी पक्राउ परेका सोनु कुमार हिरासतमै रहनु र ज्ञवाली छुटनुलाइ आशर्यजनक रुपमा हेरिएको छ । सोनु कुमारले राष्ट्रपति बिध्या भण्डारीलाई सामाजिक संजालमा गाडी प्रकरणलाई जोडेर अत्यन्त तल्लो स्तरको गाली दिएका थिए ।

यता निरभ एमाले नेता तथा भरतपुरबाट उम्मेदवारी दिएका देबी ज्ञवालीका छोरा हुन भने  उन्ले सामाजिक संजालबाट दिएको गालीलाइ गलत साबित गर्न उन्को पक्षमा बरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष टिकाराम भट्टराई,रमेश बडाल लगायतका २५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

पछिल्लो समय सामाजिक संजालमा देखिएका अराजक गतिबिधिलाइ नियन्त्रण नगरे समाजिक हिसा समेत भड्किन सक्ने भन्दै चिन्ता ब्यक्त गरिदै आएको छ ।
पक्राउ परेकाहरु समेत सजिलै छुटुनुले सामाजिक संजालमा यस्ता खाल्का बिकृतीहरु दिनदिनै बढीरहेको देखिन्छ ।

विशाल बस्नेत

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...