मेरी कुसुम चलचित्रले बनाएको दलाल, आफ्नै पल्टनका साथीहरुलाई यसरी ठगे नायकले

आफुलार्इ अब्बल कलाकार भनेर दाबी गर्ने गोरखाका मोहन बोगटीको ठगीखधन्दा पर्दाफास भएको छ ।
आफ्नै साथीहरुलार्इ दुबई पुलिसमा जागिर लगाउने प्रलोभन देखाउँदै जनही १०÷१० लाख उठाउने योजना बनाउदै गर्दा उनका साथीहरु मिडियामा गएपछि ठगी धन्दा पर्दाफास भएको हो ।

केही समय अगाडि उनले आफैले लगानी गरेर मेरी कुसुम नामक फिल्म समेत बनाएका थिए । आफ्नो हिरो हुने रहर पूरा गर्न बनाएको फिल्मबाट घाटा बेहोर्नु परेपछि बोगटी ठगी धन्दामा लागेको स्रोतले बताएको छ ।
फिल्ममा हर्षिका श्रेष्ठ नामकी एक हिरोनीलाई आफ्नो जोडी बनाएर बोगटीले मेरी कुसुम नामक फिल्म बनाएका थिए । नेपालका सबै हलहरुमा प्रदर्शनको मौका पाए पनि उक्त फिल्मलार्इ खासै दर्शकहरुले रुचाएनन । यस्कै कारण बोगटी निक्कै तनाबमा रहेको पनि विशेष स्रोतले बताएको छ ।

मेरी कुसुमले ९०५ प्रतिशत लगानी दुबईमा भएको प्रदर्शन नै उठिसकेको बोगटीले दाबी गरेता पनि फिल्मबाट निक्कै घाटा बेहोर्नुपरेको उनका एक जना निकट साथीले नाम नखुलाउने शर्तमा बताए ।

नेपालका हलहरुमा साउन ६ गतेबाट प्रदर्शन भएको उक्त चलचित्रले सन्देश दिने भन्दा पनि रहर पूरा गर्नका लागि बनाएको जस्तो लागेको दर्शकहरुले प्रतिकृया समेत जनाएका थिए ।

एनाआरएन घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नकरात्मक आलोचनासँगै ठूलो घाटा बेहोर्नु परेपछि नायक तथा निर्माता बोगटीले ठगी धन्दा अपनाएको अनुमान गरिएको छ ।

मोहन बोगटी नेपाल आर्मीका भगौडा सिपाही समेत हुन । आफू गुल्ममा हुँदा चिनेजानेका साथीहरुलार्इ नै उनले आफ्नो ठगीको जालमा पारेका छन । आफू दुबई पुलिस भएको र यसैमा जागीर लगाइदिने तर जागीर खानका लागि १० लाख तिर्नु पर्ने उनले बताएपछि साथीहरु सहमत भएका थिए ।

प्रकृया सुरु गर्नका लागि पहिल्यै पैसा दिनु पर्ने बताउदै नेपालमा केही अवकाश प्राप्त सैनिक र कार्यरत सैनिकहरुसँग १ लाखदेखि २ लाखसम्म बिचमा अर्कै दलाल खडा गरी पैसा असुली सकेको पीडितहरुले बताएका छन ।

गुल्ममा हुँदासँगै काम गरेका साथीले यसरी ठग्छ भन्ने आफुलार्इ नलागेको बताउदै एक जना पीडित खगेन्द्र श्रेष्ठले भने –काम गर्नका लागि पहिल्यै पैसा दिनु पर्ने बताएपछि मैले दिएँ तर दिनासाथ सम्पर्कबिहिन र सम्पर्क भएपनि उल्टै धम्क्याउन थालेपछि हामी ठगिएको प्रमाणित भएको हो ।’

न्युज २४ को पावर न्युजले समेत मोहन बोगटीको ठगी धन्दालार्इ पीडित समेत सहभागी गरार्इ प्रसारण गरेपछि उनको नियत बाहिर पर्दाफास भएको छ ।

मिडियाले प्रमाणसहित केही दलालहरुको सुची बाहिर ल्याए पनि सरकारको कमजोर गम्भिरताले बोगटीमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने आम जनमानसमा प्रश्न चिन्ह खडा भएको छ ।
यहाभन्दा अगाडी पनि प्रेम पाण्डे नामक दलाल र अर्थलाइन ट्राभल्सको मानव ओसारपसारको सग्लनतालार्इ युएर्इका पत्रकारहरुले ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडी नबढ्नुलार्इ रहस्यमय ढङ्गले हेरिएको छ ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...