भुकम्प आपतकालिन सहायता आयोजनाको वार्षिक समीक्षा गोष्ठी

काठमाडौं । भुकम्प आपतकालिन सहायता आयोजनाले ०७३/७४ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । विहिवार र शुक्रवार धुलिखेलमा संचालन भएको गोष्ठीमा आयोजना सञ्चालन भएका १२ वटा जिल्लाका आयोजना प्रमुख तथा आयोजनासँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो ।
सो अवसरमा गत आर्थिक वर्षको आयोजनाको प्रगति समिक्षा गर्दै आगामी दिनमा आयोजनालाई चुस्तरुपमा संचालन गर्न सबैजना महत्वकासाथ लाग्नुपर्नेमा जोड दिइएको थियो ।
समिक्षा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सर्वजित प्रसाद महतोले आफुले लिएको जिम्मेवारी छिटो छरितो रुपमा पूरा गरी भूकम्प पीडितहरुलाई राहत महशुस गराउन सरोकारवालालाई ध्यानाकर्षण गराए ।
भूकम्प आपतकालिन सहायता आयोजनाका निर्देशक एवं स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)का उपमहानिर्देशक ईश्वर चन्द्र मरहट्टाले भूकम्पको पुननिर्माणलाई महत्ववोध गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएको जिम्मेवारी पुरा गर्न चासो दिएर लाग्न आयोजना संचालन भएका जिल्लाका प्रमुख तथा प्राविधिकहरुलाई निर्देशन दिए ।
यसैगरी स्थानीय विकास मन्त्रालयका सहसचिव वेदबहादुर कार्कीले आयोजना संचालनका क्रममा आएका समस्याहरुलाई छलफल गरी निचोडमा पुग्न आग्रह गरे ।
कार्यक्रममा सहभागी १२ वटै जिल्लाका तर्फबाट आ–आफ्नो जिल्लाको प्रगति प्रस्तुत गरी समस्या तथा चुनौतीका विषयमा समेत छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...