गुआमस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

अमेरिकासँगको बढ्दो तनावसँगै उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्र गुआममाथि आक्रमण गर्ने जनाएको छ। नेपालभन्दा झण्डै सात हजार किलोमिटर दूरीमा रहेको सानो टापु गुआममा अमेरिकाको सैन्यबेस छ ।
उत्तर कोरियाले भनेको छ–हामी अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममाथि मिसाइल आक्रमण गर्ने विषयमा सोचिरहेका छौ । उत्तर कोरियाको सरकारी संचार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियालाई संसारले कल्पना नै नगरेको अवस्थामा पुराउने धम्की दिएको केही समयलगत्तै यसप्रकारको भनाइ आएको हो ।
अमेरिकाबाट गुआमको दुरी करिब ११ हजार किलोमिटर छ । जबकि उत्तर कोरियाबाट यो दूरी ३४ सय ३० मिलोमिटरमा पर्दछ । अर्थात गुआमसम्म पुग्ने स्थितिमा उत्तर कोरिया बढी नजिक छ।
हालै अमेरिकी सेनाले गुआममा सैन्य अभ्यास गरेको थियो । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको अड्डा छ।
यहाँ अमेरिकाको एयरफोर्स र नौसेनाको एयरबेश छ । यो टापु ५४१ वर्ग किलोमिटरमा फैलिएको छ। यो टापु अमेरिकाका लागि सामरिक रुपमा निकै महत्वपूर्ण छ ।
यो टापुको आवादी करिब १ लाख ६३ हजार छ। यो टापुका एक चौथाई हिस्सामा अमेरिकी आर्मी बेसक्याम्प फैलिएको छ।
अमेरिका आगामी दिनमा यहाँ आफ्नो सैनिक उपस्थिति बढाउने विषयमा सोचिरहेको छ । संचार माध्यमहरुका अनुसार यो टापुमा अहिले ५ हजार अमेरिकी सैनिक तैनाथ छन् ।
गुआमको महत्व यसकारण पनि छ कि यो टापुको सहयोगमा अमेरिकाको पहुँच दक्षिणी चिनियाँ सागर, कोरिया र ताइवानसम्म पुग्छ । गुआम यस्तो स्थान हो जहाँ दक्षिणी चिनियाँ सागरमा चीनको बढ्दो दबदबामाथि अमेरिका कुनै पनि कदम चाल्ने स्थितिमा छ ।
उत्तर कोरियाले गुआममाथि दिएको यो धम्की एक तिरबाट दुई शिकार गर्नु पनि हो । केही संचार माध्यमहरुका अनुसार यहाँ आक्रमण गर्नु अमेरिकी सैन्य शक्तिलाई कमजोर गर्नु हो । अर्कोतर्फ गुआममा केही यस्ता मानिस पनि छन् जो अमेरिकाले गुआम छाडेको हेर्न चाहन्छन् ।
यद्यपि गुआमबासी अमेरिकी नागरिक नै हुन् । तैपनि उनीहरुलाई राष्ट्रपतिको निर्वाचनमा मत हाल्ने अधिकार भने छैन ।
अमेरिकी नौसेना यो टापुमा पहिलोपटक सन् १८९८ मा पाइला राखेको थियो । सेप्टेम्बर १९४१ सम्म यो टापुमा अमेरिकी कब्जा थियो । तर पर्ल हार्बरको आक्रमणपछि जापानले मात्र दुई महिना यो टापु कब्जा गरेको थियो ।
गुआममा जापानी कब्जा हिंसात्मक रह्यो । तीन वर्षसम्म जापानले यो टापुमाथि शासन गर्दा झण्डै एक हजार नागरिकको हत्या गरेको थियो ।
सन् १९४४ मा अमेरिकाले यो टापुमा पुनः आफ्नो अधिकार जमाएको थियो । यस्तो अवस्थामा उत्तर कोरियाको धम्की यो सानो टापुमा अमेरिकी युद्धको इतिहास दोहोराउने संकेत दिइरहेको छ। एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...