कोरियाली आकाशमा अमेरिकी बमवर्षक विमान, जापानद्वारा हाई अलर्ट घोषणा

जापान सरकारले छिमेकी देश उत्तर कोरियाको आक्रामक व्यवहारलाई ध्यानमा राखेर देशमा उच्च सतर्कता घोषणा गरेको छ ।
उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रस्थित गुआम टापुमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि जापानले उच्च सतर्कता घोषणा गरेको हो ।
जापानको सरकारी समाचार एजेन्सी क्योदोका अनुसार जापानका रक्षामन्त्री इत्सनोरी ओनदडेराले देशमा उच्च सतर्कता घोषणा गरिएको बताएका हुन् ।
ओनदडेराले भने–उत्तर कोरियाको तर्फबाट देखिएको खतरा अब त्यो हदसम्म पुगिसक्यो कि हामी सबै सतर्क रहनुपर्नेछ । र, सुनियोजित ढंगबाट नजर राख्नुपर्नेछ कि के उत्तर कोरियासँग यस्तो हतियार छ वा उ हतियार चाँडै प्राप्त गर्नेछ ।
जापान सरकारले हालै सुरक्षासँग सम्बन्धित स्वेतपत्र जारी गरेको थियो । यसमा स्वीकार गरिएको छ कि उत्तर कोरियासँग पहिलाबाटै छोटो दूरीका परमाणु हतियार छ र त्यसमा लामो दूरीको मिसाइल फिट गर्न सकिन्छ ।
जापानका एक जना मन्त्रीले रिपोर्टहरुका अनुसार उत्तर कोरियाको मिसाइल कार्यक्रमले नयाँ खतरा पैदा गरेकोमा कुनै शंका नरहेको बताए ।


जापान सरकारका मुख्य क्याविनेट सेक्रेटरी योशिहाइड सुगाले जापान यो मामिलासँग जोडिएका सबै सूचनाहरु गम्भीर चिन्ताका साथ संकलन गरिरहेको बताए ।
दक्षिण कोरियाका एक सैन्य अधिकारीले गत साता अमेरिकी बमवर्षक जहाज बी–१ बी ल्यासर्सले दक्षिण कोरियाको आकाशमा उडान गरेको बताए । उनले यो विमान अमेरिका–दक्षिण कोरिया संयुक्त वायुसेना अभ्यासअन्तर्गत कोरियाली प्रायद्वीपमा तैनाथ थियो ।
उक्त बम वर्षक विमान गआम टापुबाट उडेर आएको बताइएको छ। यसैबीच उत्तर कोरियाले दक्षिण कोरियालाई धम्काउँदै यदि दक्षिण कोरियाले चाँडै अमेरिकाको जस्तो व्यवहार बन्द नगरे उसको अस्तित्व बचाउने खतरा उत्पन्न हुने बताएको छ। एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...