अरब देशमा कामसूत्र, कामसूत्रको प्रयोग र महत्व

जब यौन साहित्यको कुरा आउँछ तब सबैको दिमागमा लोलिता, लेडी चैतरलीज लभर, फिफ्टी शेड्स अफ ग्रे जस्ता नाम आउने गर्दछ । यौनमा आधारित सबैभन्दा चर्चित पूर्वी संस्कृतिमा लेखिएको छ। त्यो हो वात्स्यायनको ‘कामसूत्र’।
संस्कृतमा लेखिएको यो ग्रन्थ पूरा संसारमा यौन सम्बन्धसम्बन्धी सबैभन्दा उत्तम साहित्यका रुपमा चर्चित छ। सर रिचर्ड फ्रान्सिस बर्टनले कामसूत्रलाई अंग्रेजीमा अनुवाद गरेका छन् । यसको विश्वका अन्य भाषामा पनि अनुवाद भएको छ र चर्चित छ । तर, यो आलेखमा कामसूत्रको कुरा गरिनेछैन । यहाँ कुरा उल्लेख हुनेछ अरब देशको यौन साहित्यका बारेमा ।
अरब देशमा…
आश्चर्यमा पर्नुभयो होइन, यौन साहित्यमा आधारित पुस्तक त्यो पनि अरब देशमा । कुरा आश्चर्य मार्नुपर्ने खालकै छ। तर, छ पूरै सत्य । कामसूत्रको अनुवाद गर्ने रिचर्ड फ्रान्सिस बर्टनले अरबी भाषाको एउटा पुस्तक अनुवाद गरेका थिए । उक्त पुस्तकको नाम थियो ‘द परफ्युमड गार्डन’ । यद्यपि यो मूल अरबीको अनुवाद थिएन ।


बर्टनले यसलाई फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद गरेका थिए । यो पुस्तक १५औं शताब्दीमा अरब मुलुक ट्युनिसियाका शेख नफजोईले लेखेका थिए । यो पुस्तकमा शारीरिक सम्बन्ध कायम गर्ने धेरै तरिका बताइएको छ। कामसूत्रका कारेमा आम राय यही छ कि यो सेक्स गर्ने तरिकाको बारेमा लेखिएको पुस्तक हो ।
जबकि वास्ताविकतामा यो पुस्तकले महिला अधिकारलाई बढी जोड दिने गरेको छ। यो पुस्तकका अनुसार यौन अधिकार पुरुषको मात्र होइन, यसमा महिला पनि सहभागी हुने बराबर अधिकार छ । उनीहरुको अधिकार नजरअन्दाज गर्न सकिन्न ।


अर्को शब्दमा भन्न सकिन्छ कि कामसूत्र यौनका विषयमा महिलालाई आत्मविश्वासयुक्त बनाउने कुरा गर्दछ । द परफ्युमड गार्डनमा शारीरिक सम्बन्धलाई नयाँ अन्दाजमा मला लिने विषयमा चर्चा गरिएको छ। यसका साथै पुस्तकमा कथाको माध्यमबाट सेक्स गर्ने तरिका बताइएको छ।
मनोरञ्जनले भरपुर
यी कथाहरु त्यही अन्दाजमा लेखिएको छ जुन अन्दाजमा अलिफ लैला लेखिएको छ । जुन मनोरञ्जनले भरिपूर्ण छ । ‘द परफ्युमड मा समलैंगिकतामाथि पनि निकै खुलेर चर्चा गरिएको छ । बर्टनले आफ्नो अनुभवमा २१ च्याप्टर मात्र यही विषयमा लेखेका छन् ।


अधिकांशको भनाइ छ कि बर्टन यो पुस्तकको दोस्रो भाग द सेंटेड गार्डेनको नाममा लेख्ने तयारीमा थिए । तर, यसअघि नै उनको निधन भयो । पछि उनका धेरै कामहरुलाई उनकी श्रीमती इजाबेलले आगो लगाइन् ।
धार्मिक मान्यता
अरबी साहित्यका जानकार सारा इर्विंगका अनुसार आज भलै अरब देशमा सेक्सको कुरा गर्नबाट मानिसहरु तर्कने गर्दछन् । तर, एउटा जमाना थियो जब अरब देशहरुमा यौनसम्बन्धको बयान गर्ने साहित्यलाई धार्मिक मान्यता प्राप्त थियो । यी पुस्तकहरु मानिसलाई शारीरिक सम्बन्ध कायम गर्ने सही तरिकाको तालिम दिने गरेको विश्वास गरिन्छ ।


यसलाई भगवानको बरदान मानिन्थ्यो । तर, अहिले अरब देशमा सेक्स एउटा ठुलो हौवा बनेको छ। यस्तो होइन कि अरबबासी सेक्स गर्दैनन् वा सेक्स गर्ने इच्छा नै राख्दैनन् ।तर, त्यहाँ यो विषयमा कुरा गरिँदैन । उनीहरुका लागि यो विषयमा कुरा गर्नु कुनै तेस्रो दुनियाको कुरा गर्नुजस्तै हो ।
अलिफ लैलाको कथा


यस्तो अवस्थामा द परफ्युमड गार्डेन जस्ता पुस्तकलाई शैतानी पुस्तकलाई जसरी हेरिन्छ । एकातिर भनिन्छ कि अरब देशहरुमा सेक्स एउटा हौवा हो । अर्कोतिर यो पनि भनिन्छ कि यहाँ सेक्सका लागि पागलपनको हदसम्म चाहना छ।
मानिसहरु भलै यो विषयमा कुरा गर्न डराउँछन् । तर यसमा कुनै शंका छैन कि हरेकपल अरबी नागरिक शारीरिक सम्बन्धका लागि भरपुर इच्छा राख्दथे । बर्टनले अरबी साहित्यलाई अंग्रेजी भाषामा खुब अनुवाद गरे । जसमा अलिफ लैलाको कथा पनि समावेश छ।


राजकुमार शहरयार
यद्यपि यो कथा फारसी भाषामा ‘हजार अफसाने’ नामबाट पनि लेखिएको छ। तर यो सबै कथाको मूल विषय सेक्स हुने गर्दथ्यो । उदाहराका लागि हजार अफसानेमा एउटा कथा राजकुमार शहरयारको छ । एक दिन राजकुमारलाई थाहा भयो कि उनकी श्रीमतीले उनलाई धोका दिइन् । उनले श्रीमतीको हत्या गरिदिन्छन् ।
त्यसपछि उनी हरेक दिन कुमारी युवतीसँग रात बिताउँछन् र बिहान भएपछि त्यसको पनि हत्या गर्छन् । एक दिन जब उनका वजीरकी छोरीलाई उनको बेहुली बनाइयो तब उनले राजकुमारलाई पूरा रात एकपछि एक कथा सुनाएर उल्झाइराखिन् ।


बराबरीको अधिकार
राजकुमारीको कथाहरु शहरयारलाई यति राम्रा लागे कि उ हरेक रात उनकै कथा सुन्न थाल्यो । यो सिलसिला एक हजार रातसम्म चल्यो । र, अन्ततः राजकुमारीले शहरयारलाई आफ्नो श्रीमानका रुपमा प्राप्त गरिन् । शहरयारका कथाहरुको संग्रह शहजादेलाई एक हजार रातको नामले चिन्ने गरिन्छ ।
वास्तवमा शहरयारको मान्यता उसकी श्रीमतीले मात्र उनीसँग मात्र शारीरिक सम्बन्ध राख्नुपर्ने भन्ने थियो । अर्थात कुनै महिलाका साथ शारीरिक सम्बन्ध कायम गरेपछि पुरुष उसलाई आफ्नो सम्पत्ति ठान्दन्यो । उ यो सम्बन्धमा बराबरीको अधिकार दिन चाहँदैन थियो ।
पर्खाल कोशिस
पूर्वी संस्कृतिमा आधारित कामसूत्रमा यो सम्बन्धमा महिलालाई बराबरी मानिएको छ।अर्थात भन्ने नै हो भने कामसूत्र प्राचीन भएर पनि आधुनिक छ । अरब देशमा भलै अहिले पनि सेक्सका विषयमा कुरा गर्न मुस्किल होला तर नयाँ नस्ल यो पर्खाल भत्काउने कोशिस गरिरहेका छन् ।
एकपटक फेरि अरब देशहरुमा शारीरिक सम्बन्धमा आधारिक साहित्या लेखिन थालेको छ। जस्तो कि २००१ मा अम्मार अब्दुल हामिदले ‘मेन्सट्रुएशन’ नामको पुस्तक लेखेका थिए । जसमा एक जना इमामका छोराको कथा बयान गरिएको छ। उक्त युवकको एउटी विवाहित महिलासँग प्रेम हुन्छ । उसले उक्त महिलासँग शारीरिक सम्बन्ध कायम गर्छ।
अरब देशको समाज
अब अरबी महिलाहरुले पनि यसप्रकारका साहित्य लेखनमा आफ्नो कलम चलाउन सुरु गरेका छन् । सन् २००५ मा ‘नज्मा’ नामबाट एउटा पुस्तक लेखिएको थियो । यो एक जना महिलाले लेखेकी थिइन् । अरब इतिहासमा शारीरिक सम्बन्धमा कुनै महिलाको कलमबाट लेखिएको यो नै पहिलो पुस्तक थियो । यसपछि अरु पनि धेरै पुस्तक सार्वजनिक भएका छन्।
मोरक्कोका मोहम्मद चौकरीले त आफ्नो पुस्तकमा वेश्याहरु र यौन रोगसम्मको जिकिर गरेका छन् । सिरियाको स्कालर र लेखिका साल्भा नइमीका अनुसार यो कुराका विषयमा कुनै आश्चर्य हुनु आवश्यक छैन कि अरब देशहरुमा शारीरिक सम्बन्धमा यति पुस्तक लेखिएका छन् । अरबी समाजमा सेक्स सबैभन्दा बढी आनन्दको कुरा मानिएको छ।
पूरानो साहित्य
उनका अनुसार अरबी जवान सेक्सको जवान हो । यो अर्कै कुरा हो कि अरब समाजमा किशोरी र किशोरमा ठुलो मात्रामा फरक गरिन्छ । उनीहरुको जीवनमा धर्मको गहिरो प्रभाव छ। धर्मले नै भन्छ कि समाजमा एक किशोरी र किशोरको सम्बन्ध कस्तो हुन्छ । उनीहरु एकअर्कासामु कसरी प्रस्तुत हुनु पर्दछ।
यद्यपि धेरै युरोपियन कलाकारहरु र लेखकले सेक्सका विषयमा अरब देशलाई अय्याशका रुपमा देखाएका छन् । उनीहरुका अनुसार अरब देशहरुमा सेक्सलाई जिनाकारी मानिन्छ । जबकि त्यसो होइन । अरब देशमा शारीरिक सम्बन्धका विषमा जति पुराना साहित्य छन्, त्यो सबैमा बढीभन्दा बढी पुरकशिश बनाउनेमा जोड दिइएको छ।
वात्स्यायनको कामसूत्र
साथै सेक्सलाई जहनी वा शारीरिक शान्ति दिने कुरा बताइएको छ । यसका लागि तरिका पनि बताइएको छ। यो सबका बावजुद वात्स्यायको कामसूत्र अरबी साहित्यमा भारी छ । किनभने यसले मात्र शारीरिक सम्बन्ध बनाउने कुरा गर्दैन, बरु महिलाको अधिकारको कुरा पनि गर्दछ । शायद त्यसैले अहिले पनि यसको उपयोगिता र महत्व कम नभएको छैन । बीबीसी हिन्दीबाट

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...