सेल्फी गायिका लक्ष्मी मल्लको नयाँ तिज गित ”तिजको दर ”

हरितालिका तिज नजिकैदै गर्दा दिन दिनै तिजका गितहरु सार्बजनिक भैरहेका छन।तिज गितको नाउमा युट्युबमा उताउला,छाडा र रतेउली गितहरु सार्बजनिक गर्ने क्रम बड्दोछ ।

तिज गितमा मौलिकता हराइरहेको बेलामा गायिका लक्ष्मी मल्लको मौलिक तिज गित ‘तिजको दर सेल्फी ३’ सार्बजनिक भएको छ ।युबा संगितकार गितकार एबम गाएक श्रीकृष्ण बम मल्लको उत्कृष्ट सब्द अनि संगितकार एबम गाएक बसन्त थापाको संगितमा तयार भएको यो गितमा गायिका लक्ष्मी मल्ल,बसन्त थापा र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ ।

२०७२ सालको तिजमा सार्बजनिक भएको ‘सेल्फी भाग १’-‘भेट भएको संगिनिले मोबाइल झिक्न थाल्छन,राम्रो राम्रो सेल्फी खिची फेस बुक तिर हाल्छन,पाउजु पावैमा,यस्पालिको तिजैमा मलाई आइफोन किनिदेउन सेल्फी खिच्नुछ रातो साडिमा’यो गितको चर्चा र लोकप्रियता पछी यो टिमले यस्तै उत्कृष्ट तिज गितहरु ल्याइरहेको छ।गत साल सार्बजनिक भएको ‘सेल्फी भाग २’-‘ननाचे बोर हुन्छ’ले पनि उस्तै लोक प्रियता पाएको थियो ।

बब्बु थापाको निर्देशनमा तयार पारिएको भिडियोमा बब्बु थापा,महेन्द्र गौतम,करिश्मा ढकाल,हेम श्रेष्ठ,एन्जेल भण्डारीको अभिनय रहेकोछ।दुर्गा पौडेलको छ्यान्कनमा तयार पारिएको यस भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका हुन।यस भिडियोलाई मौसम हिमालीले कोरियोग्राफ गरेका हुन ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...