यस्तो हुन्छ पैसा कमाएपछि मान्छेको स्वभाव

अमेरिकामा युवाहरुबीच गरिएको एउटा सर्भेमा आम्दानी बढेसँगै अर्काप्रतिको विश्वास र सामाजिक संस्थाहरुप्रतिको भरोसा कम हुने गरेको खुलसा भएको छ।
अहिलेका युवाहरु आफ्नो पक्षलाई लिएर निकै आशावादी हुने गर्दछन् । तर, त्यसविपरीत अन्य मानिसप्रतिको भरोसा र ठुला संस्थाहरुप्रतिको उनीहरुको राय नकारात्मक हुने गर्दछ । सेन डियागो स्टेट युनिभर्सिटीका शोधकर्ता र मनोवैज्ञानिक जीन एम ट्वेंगले भने–सर्भेक्षणको रुझानबाट स्पष्ट हुन्छ कि युवाहरुको यो स्वभाव स्थायी पिढीगत परिवर्तन होइन ।
जीनका अनुसार सन् १९७० देखि २००० को समयको तुलनामा गत केही वर्षदेखि अमेरिकी नागरिक अन्यप्रति कम भरोसा गर्न थालेका छन् । उनले भने–सरकार, संचार माध्यम, धार्मिक संस्था, विद्यालय र ठुला निगमहरुले राम्रो काम गरिरहेकोमा उनीहरु कमै भरोसा गर्दछन् ।
उनले भने–किनभने धनीहरु झनै धनी बन्दै गएका छन् । गरिब थप गरिब बनिरहेका छन् । त्यसैले मानिस एकअर्काप्रति कम भरोसा गर्दछन् । मानिसमा अन्य व्यक्ति वा संस्था धोका वा अन्य गलत तरिकाबाट बघि बढिरहेको राय कायम हुँदै गएको छ।
शोधकर्ताहरुका अनुसार –सामाजिक विश्वासमा आएको गिरावट लोकतन्त्रप्रतिको नकारात्मक रुझान हो । जसमा सरकार केही मानिसको प्रतिनिधित्वलाई आम मासिनको हितकारी संस्था मान्ने गरिन्छ । यो शोध जर्नल साइकोलजीकल साइन्समा प्रकाशित भएको छ। एजेन्सी

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...