भारतका विभिन्न जग्गामा छरिएर रहेका भारतिय नेपालीभाषी के भन्छन सनसनीपुर्ण भनाइ हेर्नुहोस

भारतका नेपालीभाषी भारतियहरु र नेपालका नेपालीहरु बिचमा केही समय अगाडीदेखी ठूलो जुवारी सामाजिक संजालमा चलिरहेको छ ।

नेपालीभाषी भारतिय दार्जेलिङ्गबासीले आफ्नो अधिकारका लागी गरेको आन्दोलनलाइ नेपालीहरुले सामाजिक संजालमा देखाएको सहानुभुती, चासो र एक्यवद्धताले आफुहरुको आन्दोलनलाइ असर पारेको भन्दै उनिहरुले  नेपाल र नेपालीप्रती ठूलो गाली बर्षाएका थिए ।
यहीबिचमा असामकी नेपालीभाषी एकजना युवती सिमा सुवेदीले  नेपाल र नेपालीलाइ निक्कै तल्लो स्तरको गाली गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल समेत बन्यो । लगत्तै बिस्वभरी छरिएर रहेका नेपालीहरुले सामाजिक संजालबाटै विभिन्न प्रतिउत्तर दिदै भारतमा बस्ने नेपाली भाषीलाई हेर्ने दृष्टीकोण समेत परिबर्तन गरेको बताएका छन ।

नेपालीप्रती बर्षाएको निक्कै तल्लोस्तरको गाली र उनिहरुले माग गरेको भारतिय गोरखाल्याण्डका बिषयमा www.sambadmedia.com ले भारतका विभिन्न ठाउमा रहेका नेपाली भाषीहरुसग  कुराकानी गरेको छ ।

प्रस्तुत छ केही भारतिय नेपाली भाषीहरुसग www.sambadmedia.com का लागी विशाल बस्नेतले गरेको कुराकानीको अंश  ।

हामिलाइ अत्यन्तै दुख लागेको छ : रमेश क्षेत्री (पश्चिम् बङगाल जयगाउ )

मेरो घर भारतको पश्चिम् बङगालको जयगाउमा पर्छ । किन हो किन हामी भारतको भुगोलमा बस्छौ तर मन मुट्टुमा नेपालीपन छ । मेरा कयौ नातेदारहरु नेपालमा बस्नुहुन्छ । हामी भाषामा मात्र हैन सस्कारमा पनि नेपाल र नेपालीसग नजिक छौ । लाग्छ हामीलाइ याहा जबर्जस्त बन्धक बनाइएको छ । जाहासम्म सिमा सुबेदीको कुरा छ हामिलाइ अत्यन्त दुख लागेको छ । उन्ले गालीमा बर्षाएका सब्दहरुले नेपालमा बस्ने नेपालीहरुलाइ भन्दा हामिलाइ मर्माहत बनाएको छ । हामी गोरखालीहरुकै सन्तान हौ ,नेपालकै अंश हौ । हामी भारतमा बसेतापनी भारतियको महसुस गर्न सकिएको छैन । याहाका अन्य भारतियहरुले हामिलाइ हेप्ने गर्छन, केही नेता र केही मानिसले नेपालप्रती जुन खालको अभिब्यक्ती दिएका छन हामी सबै भारतमा बस्ने नेपाली भाषी सर्बसाधारणहरुका लागी आपत्तीजनक छ । मलाइ यति मात्र थाहा छ हामी नेपाल र नेपालीका अंश हौ । मैले यसो भनेर तपाइसग भनिरहदा यो कुरा नेरो समुदायमा पुग्यो भने मलाइ नराम्रो पो गर्छन कि भन्ने अहिले नी डर लागिरहेको छ । फोटो चै नहाल्नु है ।

बरु हामीलाइ नेपालले भारतबाट स्वतन्त्र गराउनु पर्छ ,हामी नेपाली हौ : जित बहादुर गुरुङ्ग ( सिकिम्म)

मेरो नाम जित बहादुर गुरुङ्ग हो घर चै सिकिम्ममा पर्छ । हामी सधैभरी प्रत्यक्ष-अप्रत्यक्ष नेपालसग सम्बन्धीत छौ । नेपालको सान, गौरब् हामी सिकिम्मबासीसग पनि जोडिएको छ । हामी केही सिकेका्छौ भने त्यो नेपालबाटै सिकेका छौ । सुगौली सन्धीपछी हामी भारतिय भएतापनी हामीभित्र नेपालीपन नेपालप्रतीको माया भारतको भन्दा बढी छ । हामी सबैभन्दा पहिला त नेपाल र नेपालीलाइ हृदयदेखी नै सम्मान गर्दछौ । भु:भागको हिसाबले भातिय भएतापनी भारतभित्र पनि हामीलाइ गोर्खाली भन्छन ,नेपालभित्रको गोरखाल्याण्डले हामीलाइ नी चिनाएकोमा नेपालप्रती म अत्यन्तै गर्व महसुस गर्छु।

बास्तबमै कसैले भारतिय भन्यो भने पनि नेपालीलाइ किन भारतिय भनेको होला भनेर मन खिन्न हुन्छ । म धेरै पल्ट नेपाल गएको छु जब म नेपालको भुगोलभित्र पाइला राख्छु आफ्नो घरमा आएजस्तै लाग्छ । हामी पनि नेपालीका अंश थियौ र रहिरहनेछौ ।

जहासम्म सिमा सुबेदीले नेपाल र नेपालीलाइ अपमान हुनेगरी गाली गरेकी छन त्यो हाम्रो लागि नी अत्यन्त निन्दनिय छ । उन्ले त्यस्तो तुच्छ गाली गरेर आफुलाइ मात्र तल्लो स्तरमा उभ्याइनन हामीलाइ समेत त्यस्तो अभिब्यक्तीले गम्भीर असर पारेको महसुस गरेका छौ ।

हामी पनि गोरखाल्याण्डका सन्तान भएको कारणले गोरखाल्याण्डको माग नराम्रो हैन : पासाङ्ग  तामाङ्ग ( आसाम )

पहिलो कुरा त नेपालीहरुले पनि आन्दोलनका बिषयमा त्यति धेरै चासो नदेखाउनु पर्ने थियो । पक्कै पनि त्याहाको सरकारसग सङघर्ष गरिरहेका दार्जेलिङ्ग बासीहरुको आन्दोलनमा नेपाली नागरिकबाट देखाएको सहानुभुतीले आन्दोलनमा असर त गर्थ्यो नै ।

यदपी एउटा नेपाली भाषीको हैसियतले तर सबै नेपालीले दार्जेलिङका भारतियहरुलाइ आफ्नो सोच्नु सबैभन्दा ठूलो कुरा हो म नेपालीहरुलाई हृदय देखि नै सलाम ठोक्न चाहान्छु । तर नेपालीहरुले जसरी गोरखाल्याण्ड हाम्रो हो भारतका नेपालीभाषीहरुका लागी उच्चारण गर्ने अधिकार छैन भने यो नितान्त गलत छ । त्यसैले हाम्रो नेपालीप्रती सदभाव छ, रहिरहनेछ । भारतका हरेक गतिबिधिमा नेपालीभाषीहरुको सहभागितालाइ नेपालबाट सधै सयोग गरिरहेको कुरा पनि भुल्न हुदैन । प्रसान्त तामाङ्गहरु अत्याधिक मतले जित्नु सबैभन्दा ठूलो नेपालको हात छ । जहाँ सम्म सिमा सुबेदीको कुरा छ मेरो यस्तो कुरामा कुनै मतलब छैन एउटा साधारण केटीले बोली भन्दैमा हामीले यति धेरै चित्त दुखाइ नगर्नु पर्ने थियो ।

हामीले अन्य धेरै नेपालीहरुलाइ सोध्यौ सिमा सुबेदीको गालीको बिषयमा अनि गोरखाल्याण्डको बिषयमा । प्राय सबै नेपाली भाषीहरुले नेपालप्रती गर्व रहेको र अझै पनि हामी नेपाली हौ भन्ने लाग्ने बताए । नागालयनका एक जना नेपाली भाषी युबा सुजन राजभण्डारीले त सिमा सुबेदीलाइ उल्लेख नै गर्न नसकिने गाली समेत दिए । उन्ले भने :” मलाइ नेपाल थाहा छैन, भारतमै हुर्के ,भारतकै सस्कार सिके तर नेपाली टेलिभिजन हेरेपछी लाग्छ हामिलाइ नेपालले नै सरणार्थी बनाएको रहेछ ।”

उस्ले  दिएको गालीले  नेपालीहरुलाइ भन्दा आफुहरुलाइ धेरै मर्माहत बनाएको भन्दै गाली दिने अत्यन्त गलत भएको उन्ले उल्लेख गरे ।

दार्जेलिङ्ग कै एक जना नेपालीले त आफुलाइ दार्जेलिङ्ग को आन्दोलनप्रती कुनै चासो नरहेको समेत बताए ।  नाम नखुलाउने सर्तमा उन्ले भने :”भाषाको लडाइ जायज भएतापनी गोरखाल्याण्डको माग कुनै पनि हालतमा गलत छ ।”

विशाल बस्नेत

1 Comment for “भारतका विभिन्न जग्गामा छरिएर रहेका भारतिय नेपालीभाषी के भन्छन सनसनीपुर्ण भनाइ हेर्नुहोस”

  1. हामिलाइ पनि लाग्छ सिक्किम दार्जिलिङ लगाएत अन्य जति पनि नेपाल ले घुमाएका भुभाग हरु छ्न तेहा बस्ने मानीशरु ले नेपाली बोल्ने शैली अनि रहन्सहन सबै कुरा मिल्छ अनि लाग्छ आफ्नै देश का दाजुभाइ हरु हु तेसै ले जब गोर्खाल्यान्ड को माग मा जब दार्जिलिङ मा बिरोद भयो अनि कतिपय नेपाली ले ज्यान घुमाए यस्तो परिस्थिति मा हामी सबै नेपाली ने सहानुभूति सहित हामिले पनि सहयोग गर्नु पर्छ भन्ने बिचार ले सामाजिक सन्जाल मार्फत अगाडि बढयो तर जब तेहि बस्ने नेता तथा अन्य सिमा सुवेदी लगाएत का ब्यक्तिहरु ले जसरी नेपाली माथी लान्छना अनि अपहेलना सहित को बेइज्जत गरियो यो कुरा बाट हामी नेपाली को चित्त बुजेन ।र हामिलाइ लाग्यो कि हाम्रो support गर्नु बेर्थ छ।अनि एउटा कुरा नेपाली को support बिना गोर्खाल्यान्ड पाउन असम्भव छ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...