पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुखसँग छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसँग भेट गरी लाप्राक नमूना बस्तीको प्रगतीबारे अवगत गरायो ।

सो अवसरमा अध्यक्ष घलेले धरै प्रयास र छलफलपछि नमूना बस्तीको घरको नक्सा स्वीकृत गरिदिएकोमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै सो स्वीकृति पत्रमा उल्लेख गरिएको इन्टरलकि¨ ब्रिकको मापन शक्ति ५ एमपिए कायम गरिएको तर नेपाल सरकारको मापन शक्ति ३.५ एमपिए मात्र रहेको प्रति कार्यकारी अधिकृतको ध्यानाकर्षण गराउनु भयो ।

अध्यक्ष घलेले २५ देशका झण्डै ५० जना दक्ष जनशक्ति एक महिनाको लागि स्वयंसेवकका रुपमा लाप्राकमा १५ जुन देखि परिचालन गर्न लागिएको जानकारी दिँदै यस कार्यले नेपालको पुनर्निमाणको सन्देश विश्वभर फैलिने र थप सहकार्य तथा सहयोगको लागि ढोका खोल्ने वताउनु भयो ।
कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले प्राधिकरण संघलाई पुनर्निमाणमा सहजकर्ताको भूमिका निर्वाह गर्न हरदम तयार रहेको र त्यस क्षेत्रको स्थानिय तहको निर्वाचन सम्पन्न भई सकेकोले धेरै अधिकार गाउ“पालिकालाई हस्तान्तरण गरिएको समेत अवगत गराउनु भयो ।
डा. गोविन्द पोखरेलले लाप्राक नमूना बस्तीको प्रगति विवरण जानकारी गराएकोमा धन्यवाद व्यक्त गर्दै इन्टरलकि¨ ब्रिकको मापन शक्ति नेपाल सरकारको मापनअनुसार कायम राख्न सुझाव दिंदै लाप्राक नमूना बस्ती निर्माणको अनुभव र स्रोत अन्य बस्ती निर्माणमा समेत उपयोग गर्न सकिने वताउनु भयो ।
भेटमा संघका तर्फबाट अमेरिका क्षेत्रिय संयोजक सोनाम लामा, सल्लाहाकार त्रिलोक गुरु¨ र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...