तिजको गित टिकी पनि रातोको छायांकन समाप्त

काठमाडौँ : हिन्दु महिलाहरुको महान चाड तिज नजिकै जादा तिजको गितहरुको म्युजिक भिडियो आउने क्रमजारि छ l
पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुलेका चल्तीका संगीतकार तथा गायक टंक बुढाथोकीको शब्दसंगीत रहेको  बहु प्रतिक्षित गित “टिकी पनि रातो”को म्युजिक भिडियोको छायांकन समाप्त भएको छ l गायकटंक बुढाथोकी, गायिका सरु गौतम, अनु गौतम, दिपक खतिवडा, अभ्यास भट्टराई तथा अनिशा भट्टराईको सुमधुरआवाज रहेको उक्त गित समय सपेक्षित रुपमा बनेको छ र सम्पूर्ण नेपालीहरुको माया पाउन सफल हुनेमा गायकगायिकाहरु ढुक्क छन l कलाकार तथा मोडल महादेव त्रिपाठी, करिश्मा ढकाल, राजेन्द्र गिरि, दिनेश भट्टराइ, मन्जुभट्टराई, अभ्यास भट्टराई, अनिशा भट्टराई तथा आदेश भट्टराईको जोडदार अभिनय उक्त म्युजिक भिडियोमा रहेकोछ l
यस म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् भने सल्लाहाकारमा रुपेश न्यौपाने रहेका छन् l “टिकी पनि रातो”को म्युजिक भिडियोलाई दिनेश भट्टराई तथा मन्जु भट्टराईले चाडैनै नेपाली सांगीतिक बजारमालिएर आउन लागेका हुन l

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...