चलचित्र गाँउपालिकाको सुटिङ दाङमा हुँदै

स्थानिय निकायहरु स्थानिय तहमा रुपान्तरीत भएसँगै दाङलाई आधार बनाएर चलचीत्र गाँउपालीका बन्ने भएको छ ।
राज्य पुन संरचना भए सँगै जनतामा अन्यौल छाएको अबस्थामा जनतालाई नया बनेका स्थानिय तहहरुबाट हुने काम कुराको बारेमा जानकारी दिने उद्धेश्यले चलचीत्रको निर्माण हुन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।
रिर्पोटस कल्ब दाङमा मंगलबार अयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै कलाकार तथा निर्माता निर्देशक सरोज वलीले यस्तो जानकारी दिएका हुन । उनले पत्रकार सम्मेलनमा बोल्दै चलचित्र ७० मिनेटको रहने लगानीको हिसाबले २५ लाख सम्म लाग्ने उनले जानकारी दिए ।
चलचित्रमा कलाकारहरु रवि गिरी नायिका केकी अधिकारी कलाकारहरु गौरब पहाडि ,लगाएतका कलाकारहरुको अभिनय हुने जानकारी दिईएको थियो ।
चलचित्र गाँउपालीकाको शुभमुर्हत बुधबार बिहान ८ बजे घोराहीको लक्ष्मीपुरमा हुने निर्माण युनिटले जानकारी दिएको छ ।
रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार रवी गिरी सरोज वली र चलचित्र पत्रकार सँघ दाङका अध्यक्ष धुब्रराज न्यौपाने लगाएतकाले बोलेका थिए भने कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार सँघ दाङका सचिब सन्तोष केसीले गरेका थिए ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...