गायिका पुनम देभान्सिले लिएर आईन म हुँ निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)

काठमाडौँ :  गायिका पुनम देभान्सिले “म हुँ निश्चल कोपिला” भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन l
नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमाशब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्नेछ l गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको म हुँ निश्चल कोपिलालाइ निर्देशक शिब शर्माले सुन्दर रुपमासबै नेपालीहरुलाई सामाजिक रुपमा समाजमा सकारत्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियोतयार गरेका छन l गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीतरहेको छ l
अभिनेत्री कबिता शर्मा, आर के मानन्धर, संचारकर्मी सुर्य चन्द , गीता नेपाल, चक्रध्वोज भण्डारीकोअभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही,सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन l सिद्दिका फिल्म द्वारा निर्मितम्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन l

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...