कीर्तिपुर नगरपालिकामा एमाले विजयी

काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा (एमाले)का रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी हुनुभएको छ । सो पदमा नेपाली काँग्रेसका विमला विष्ट छ हजार ४३ मत प्राप्त गर्नुभएको थियो ।

चन्द्रागिरि–१० र ११ मा एमाले समूह विजयी

यसैगरी चन्द्रागिरि नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं १० र ११ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ ।

वडा नं १० को वडाध्यक्ष पदमा गोपालकृष्ण महर्जनले ६९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पञ्चबहादुर महर्जनले ४७८ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यमा सीता महर्जन, कान्छी नेपाली, मनोजकुमार महर्जन र भेषनाथ उपाध्याय निर्वाचित हुनुभएको छ ।

वडा नं ११ को वडाध्यक्ष पदमा हरिभक्त महर्जन ३५७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गौतम श्रेष्ठले ३१४ मत प्राप्त गर्नुभएको थियो ।

सदस्यमा कृष्णदेवी महर्जन (प्रजापति), राधिका मिजार सार्की, पूर्णगोपाल श्रेष्ठ र तीर्थराज काफ्ले निर्वाचित हुनुभएको थियो ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार ८४१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले छ हजार ३०४ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...