शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

धनुषा, २ चैत । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको आज ट्याक्टरले किचिएर मृत्यु भएको छ ।

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।

धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । रासस

1 Comment for “शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु”

  1. लाछी मधेसी नेताहरु आफ्नो क्षेत्रका जनतालाई आज सम्म हग्न सिकाएका छैनन, १२-२७ क कुरा गरेर माग तेर्स्याउन्छन । लाज लाग्नु पर्ने हो। कती उपप्रधानमन्त्री भए, कती स्थानिय बिकास , कती स्वास्थ मन्त्री भये मधेशका नेता? खै त हग्नत सिकायएनन के को शौच कोकुरा गर्ने? कठै ती अवोध वालिका !!!

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...