रुपन्देही–११ लाई नेपालगन्ज गोल्डकप फुटबलको उपाधि

नेपालगन्ज,३ चैत । नेपालगन्जमा जारी टुबर्ग दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगताको उपाधिमाथि रुपन्देही—११ ले कब्जा जमाएको छ ।
नेपालगन्ज रंगशालामा आज सम्पन्न फाईनल खेलमा रुपन्देहीले संकटालाई सडेन डेथमा ७—६ ले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै रुपन्देहीले ५ लाख रुपैया र उप–बिजेता संकटा क्लबले २ लाख ५१ हजार रुपैया हात पारेका छन् ।
खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफको २० औं मिनेटमा रुपन्देहीका खेलाडीले फाउल खेलेपछि संकटाले पेनाल्टी पायो । त्यसलाई सदुपयोग गर्दै संकटाका अनिल गुरुङ्गले गोल गर्दै आफ्नो टिमलाई १ गोलको अग्रता दिलाउनुभयो । खेल सकिनु १ मिनेट अघि रुपन्देहीका शिबा सुबेदीले गोल गर्दै खेललाई १—१ को बराबरीमा ल्याएपछि खेल टाईब्रेकरमा पुग्यो ।
टाईब्रेकरमा पनि दुबै टीमबाट ४—४ गोलको बराबरी भएपछि नतिजाको लागि सडेन डेथलाई कुर्नु प¥यो । सडेन डेथमा रुपन्देही ७—६ ले खेल जित्न सफल भयो । सडेन डेथमा रुपन्देहीका कालु थापा, उत्तम गुरुङ्ग, गौरव बुढाथोकी, शिवा सुबेदी, लक्ष्मण रुचाल र अजय थापाले गोल गर्नुभयो भने संकटाका कालुदीप कार्की, विश्व अधिकारी,माँरिस अजाई, सबिन थापा र भुषण सुबेदीले गोल गर्नुभयो ।
फाल्गुन २६ गतेदेखि बा“के जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...