पाकिस्तानी संसदमा हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित

पाकिस्तान, २८ फागुन । पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ ।
राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ । गत वर्ष तल्लो सदन नेशनल एसेम्बलीले उक्त विधेयक पारित गरेको थियो ।
माथिल्लो सदन सीनेटले केही परितर्वन गरेपछि यसलाई फेरि नेशनल एसेम्बलीमा पठाइएको थियो । तल्लो सदनमा यो विधेयक लामो बहस पछि पारित भएको हो । यो कानुन राजधानी इस्लामाबाद लगायत आसपासका क्षेत्रका साथै पञ्जाव, बलुचिस्तान र खैबर पख्तुनख्वाह प्रान्तमा लागु हुनेछ । मुश्लिम मुलुक पाकिस्तानमा ३८ लाख हिन्दु धर्माबलम्बी रहेका छन् । यो कुल जनसंख्याको २ प्रतिशत हो ।

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...