प्रधानमन्त्री प्रचण्ड काम गरेर पनि किन राष्ट्रिय हिरो बन्न सकेनन ? पत्रकार विशाल बस्नेतको सन्नसनीपुर्ण विश्लेषण

नेपाली राजनितीबृतमा बिरोध र समर्थन नौलो बिषय हैन तर बिरोध र समर्थनकै नाममा सकरात्मक बिषयलाई नकरात्मक र नकरात्मक बिषयलाइ सकरात्मक बनाउनु भने सबैका लागी दुखद बिषय बनिदिन्छ ।

पाटिगतरुपमा अन्धभक्त भएका केही मिडिया र नुनको सोझो गरिरहेका मिडियाकर्मिहरुले पत्रकारिताको मर्म र सिदान्त भुल्दै नेता र पाटीको प्रचार-प्रसार गर्नुले जन्ताहरुमा बैमन्स्यताको स्थिति सिर्जना हुँदै गएको छ ।
आफ्नो स्वार्थपुर्तीका जस्तोसुकै गदारी गर्न पनि पछि नपर्ने ज्युदा प्रमाणहरु सुरक्षित हुदाहुदै पनि  भाषणमा राष्ट्रबादीको नारा लगाउनेहरु यो देशका राष्ट्रबादी बन्नसक्छन ।

    आफ्ना काला कर्तुतहरु पर्दाफास हुने डरले बिपक्षी पाटी तथा नेताहरुलाइ आरोप -प्रत्यारोप गर्दै दलदलमा भासिएकाहरु बिकाशप्रेमी बन्न सक्छन ।
आफैले बिदेशीसग गरेका घाती सन्धी-सम्झौताहरुलाइ बिर्सिएर पानीमाथीको ओभानो बन्नका लागि नक्कली गुन्ज्याइस गुन्जाउने यो देशका राष्ट्रीय हिरो कहलिन्छन ।

लेखक

देशको जिम्मेवारी काधमा बोकेकाहरु बकवास उखान-टुक्का र मनगढन्ते असम्भबभाबी भाषणले लोकप्रिय हुन सक्छन ।
भारतलाई नदिनाला बेच्ने देखि उस्को रिमोटको भरमा चल्ने अनि आफुलाइ सच्चा देशभक्ती भन्न रुचाउने लमपसार भक्तहरु देसभक्ति गनिन सक्छन ।
यो सबैको कारण एउटै हो “भ्रम” ।
पाटीका अन्धा भक्तहरुको चर्चा -परिचर्चा अनि राष्ट्रबादी हनुमानहरुको इसारामा चल्ने प्रोपोगाण्डा पत्रकारिता,पाटीको चर्को नुनले आलसतालस बनिरहेका मिडिया र तिनका पत्रकारको  उद्न्डताको प्रतिफल हो ।
केही दृष्टान्तहरु जुन नेकपा एमालेले सरकारको नेर्तुत्व गर्दा र बर्तमान  माओबादी केन्द्र सरकारको नेर्तुत्वमा देखिएका उतारचढाबहरु नै हुन ।

     माओबादिले गरेका कामहरु छायामा पर्नु र एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपि सर्मा ओलिका उखान टुक्कायुक्त भाषणहरु मुख्य ब्यानर हेडलाइन बन्नु ,पैसा र सरक्षणको भरमा कति धेरै भ्रमको खेती बुनिदै छ भन्ने कुरा पनि जनमानसमा छर्लङ भैरहेको छ ।
पाटीको इसारामा चल्ने मिडियाकै कारण नेपाली पत्रकारिताको स्थान काहा नीर छ र कुन रुपमा अगाडि बढिरहेको छ भन्ने कुरा यहानिर औल्याइरहन आबस्यक पर्दैन तर दुख गरेर पढेका सिदान्तिय पत्रकार र नबपत्रकारका लागी भने पक्कै पनि दुखद कुरा हो ।
यदि यो सस्कार मौलाइरहने हो भने नेपाली पत्रकारिताको बिस्वसनियता पाठकहरुमा शून्य बन्दै त जानेछ नै अझ  नेपाली पत्रकारिता  बिस्वजनमानसमा प्रोपोगाण्डा र एलो जर्नालिज्मको रुपमा पहिचान नहोला भन्न सकिँदैन ।
बर्तमान सरकारका चाहे सकरात्मक काम हुन चाहे नकरात्मक हुन सबैलाइ सालाखाला नकरात्मकरुपमा नै  देखिरहने प्रतिपक्ष दल विशेष गरि नेकपा एमाले आफ्ना अन्धभक्त कार्यकर्तालाइ सामाजिक सन्जालमा प्रयोग गरिरहेको छ ।
अनि प्रचारका लागी खोलिएका मिडिया र पत्रकार माहासयहरु बिरोधलाइ समर्थन गर्दै जनमानससमक्ष झुट्को खेती बर्षाइरहेका छन ।
याहानिर प्रचण्ड सरकारमात्र देश र जन्ताका लागी असल साबित हुनेछ अनि उस्ले गरेका कामहरु मात्र राम्रा हुनेछन भनेर भबिष्यबाणी गर्न खोजिएको हैन । कमसेकम काम जस्ले गरे पनि काम गर्ने प्रससाको पात्र बन्नुपर्छ र यो अभिभारा नेपाली मिडिया जगतमा छ भन्न खोजिएको मात्र हो ।
बिधुत प्राधिकरण भित्रका गलत सस्कारहरु पर्दाफास गरि देशलाइ लोडसेडिङ मुक्त बनाउने कामको प्रशंसा गर्ने कि नगर्ने ?
मेसिन रिडिङ्को क्रममा अरबौ घोटाला गर्ने एमाले र काङ्ग्रेस निकट कर्मचारीलाइ कारबाहिका लागी बाधक बन्न  दिने कि नदिने  ?
सुन प्रकरणका क्रममा माओबादी नेता महरमाथी लगाएका आरोपको समिक्षा गर्ने नगर्ने ?
एयरपोर्ट एयर मार्सल काण्डमा जन्ता समक्ष बाडिएको भ्रमबारे आत्मासमिक्षा गर्ने कि नगर्ने ?
यी र यस्ता प्रश्नहरु आत्माआलोचनाका बिषय बनिरहदा एमालेका भक्तहरु र उनिहरुको चर्को नुनले ओइल्याएका मिडिया र पत्रकारहरु समक्ष आफू गलत गरिरहेको हिन्ताबोध त छदै छैन बरु प्रचण्ड सरकारका सकरात्मक कामहरुलाइ नकरात्मक बनाइ कसरी प्रचार गर्न सकिन्छ भन्ने कुरामा नै तल्लिन छन ।
यी उल्लेख गरिएका त केही उदाहरणिय बिषयबस्तुमात्र हुन ।
भ्रम र झुटकै अभियानमा लागेका मिडियाहरुले बिपक्षी पाटीलाइ स्रोतबिना नै कतिसम्म अफबाह फैलाउन सक्छन भन्ने कुरा पछिल्ला उदाहरणहरु हुन यी ।
पछिलो समय चर्चामा आएका केही हेडलाइनहरु ।
१) फास्ट ट्रयाक भारतलाइ दिएर प्रचण्डले गदारी गरे ।
२) उपल्लो कर्णाली प्रचण्डले भारतलाइ ३) बेचे ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रचण्डका कारण स्थगित ।
४) प्रचण्ड सरकारले हिन्दी भाषालाइ नेपालको राष्ट्रीय भाषा मान्यता दियो ।
५) एयरपोर्ट सुनतस्करीमा माओबादी नेता महराको सगलन्ता ।
६) अन्तराष्ट्रीय बिमानस्थलमा भारतिय एयर मार्सल राखेर प्रचण्ड सरकारले राष्ट्रघात गरे । आदि
उल्लेखित केही ब्यानर हेडलाइन बनाएर जनमानसमा  एमालेका अन्धाभक्त मिडिया र कार्यकर्ताहरुले इलोक्ट्रोनिक ,छापा र सामाजिक सन्जालहरुमा रङ्गिन बनाए तर झुट धेरै दिन टिक्न नसकेपछी सत्यता आफै बाहिर निस्कियो ।
यसैको परिणामस्वरुप एमालेको गड मानिएको स्याङ्जाबाट एक कार्यक्रममा सहभागी बन्न पुगेका राजनेता तथा राष्ट्रबादीको पगरी गुथेका एमाले अध्यक्ष केपि सर्मा ओलिलाई कार्यक्रम स्थलमै ढुङ्गा प्रहार गरेर भगाइयो  ।
यसबाट के प्रष्ट हुन्छ भने जन्ताहरुमा नेताहरुप्रती कतिसम्म आक्रामक मनोरोगको बिकाश भैरहेको छ ।
भलै एमालेमात्र कार्यकर्ता र मिडियाको प्रयोग गरेर नकरात्मक भ्रम फैलाइ बिरोध गरिरहने नेपालको फरक पाटी हो भनेर पङ्क्तिकारले याहा आरोप लगाउन खोजेको भने पक्कै  हैन ।
तर दुधलाइ कालो छ भनेर व्याख्या गर्दा भने त्यो सबैका लागी अत्याचार भैदिन्छ ।
आफ्नो स्वार्थका लागि आफ्ना सङ्कुचित मिडिया तथा कार्यकर्तालाइ भ्रम छाड्न लगाएर नक्कली राष्ट्रबादी बन्नु भन्दा जोकोहिले गरेका कामहरुको प्रशंसा गर्ने सस्कारको  बिकाश गर्नु हरेक राजनीतिक दलको दायित्व बन्नुपर्छ ।
अन्यथा बिकाशका कार्यहरु ओझेलमा पर्दै बिरोधी प्रबृत्तिको बिकाश हुनेछ ।

भुकम्पपिडित १ हजारको अभाबमा छटपटाइरहेको बेला स्मार्ट सिटीको सपना बाड्ने ओलिका टुक्काहरु ब्यानर हेडलाइन बनेका थिए भने  १ हजारको अभाबलाई पुर्ती गरि तिब्र राहत बितरण गरि आधारभुत आब्स्यक्ता पूरा गर्ने प्रचण्ड किन हेडलाइन बन्न सकेनन ?
१० हजार मेघावटको सपना बाडेर हप्ताको ४२ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका जन्तासमक्ष बोलेका
कुरा मुख्य हेड्लाइन भएको थियो भने प्रचण्ड सरकारले काठमाण्डौ लगायत पोखरामा लोडसेडिङ मुक्त भनेर घोषणा गरि सक्दा पनि किन प्रचण्ड सरकारको प्रशंसा हुन सकेन ?
बेरोजगारीको पिडाले बिदेशिएका नेपालीहरुमा बिना योजना स्वदेशमै रोजगार सिर्जना गर्ने फगत सपनाले प्रथामिकता पाइरहदा प्रचण्ड सरकारले गरेको सचयकोष र डब्बल जीवन बिमाको योजना किन प्राथमिकता पर्न सकेन ?
यी सबै प्रश्नहरुको चङ्गुलमा उत्तर एउटै छ “पितपत्रकारिता, प्रोपोगाण्डा , सिदान्तहिन पत्रकारिताको उछ्रङ्खलता ।”
चाहे काङ्ग्रेस होस चाहे माओबादी होस   चाहे एमाले नै किन नहोस काम गर्नेलाइ राष्ट्रबादी बनाउ ।
नाकी नक्कली राष्ट्रबादीलाइ हैन  ।जो अरुको जस आफुले लिन खोज्छ ,आफ्नो फाइदाका लागि जस्तोसुकै गदारी गर्न पनि पछि पर्दैन ,जो वाहियात सपना बाडेर आफुलाइ राजनेता भनेर दाबी गर्छ ,जो भ्रम छाडेर बिकाशको बिरोध गर्दै जन्तालाइ उक्साउन मदत गर्छ अनि आफुलाइ बिकाशप्रेमी भनेर दाबी गर्छ यस्ता धमिराहरुलाइ नङ्ग्याएर जन्तासामु पर्दाफास गर्नु नै नेपाली पत्रकारिताको माग र आबस्यक्ता हो ।
(लेखक नेपाल पत्रकार माहासघ रामेछाप साखाका जिल्ला कमिटी सद्स्य हुनुहुन्छ ।)

2 Comments for “प्रधानमन्त्री प्रचण्ड काम गरेर पनि किन राष्ट्रिय हिरो बन्न सकेनन ? पत्रकार विशाल बस्नेतको सन्नसनीपुर्ण विश्लेषण”

  1. शशि दाहाल

    धन्यवाद मित्र तपाई जस्तो सच्चा पत्रकार को खाँचों छ यो सब एमाले को एनजीओ साम्राज्यवाद को परिणाम हो !

  2. Great analysis ! But not to worry about it. Peoples are not stupid.

यसमा तपाइको मत

Loading...

Recent Comments

Loading...